

१२ घण्टालाई बन्द भयो ट्रम्पको ट्वीटर ह्यान्डल


एजेन्सी ।
ट्वीटरले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको एकाउन्ट १२ घन्टालाई बन्द गरिदिएको छ ।
बुधबार राष्ट्रपति ट्रम्पले संसद भवनभित्र छिरेका हुलदंगाकारीको भिडिओ ट्वीटरमा पोष्ट गरेलगत्तै सोसियल भ्वाइलेन्सलाई प्रवर्द्धन गर्न खोजेको भन्दै ट्वीटरले ट्रम्पको ह्यान्डल लक गरेको हो ।
फेरि आफूले जितेको चुनाव खोसिएपछि यस्ता प्रदर्शन हुनु स्वाभाविक भएको उल्लेख गर्दै ट्रम्पले भिडियो पोष्ट गरेपछि ट्वीटरले आफ्नो कम्पनीको नियमविपरीत भएको जनाउँदै ट्रम्पको ह्यान्डल लक गरेको हो ।
ट्वीटरमा ट्रम्पका ८ करोड ८७ लाख फ्लोअर्स छन् । बुधबार डेमोक्र्याटिक उम्मेदवार जो बाइडेनको जित घोषणा गर्न संसद बसेका बेला ट्रम्पका समर्थक सुरक्षा घेरा तोड्दै संसद भवनमा छिरेर आक्रमण गरेका थिए ।


खबर सबै
-
सरकारले भन्यो- भोटेकोशी बाढीबाट १६ लाख मानिस प्रभावित, रसुवा र नुवाकोट अति प्रभावित
-
नेपालगन्जबाट अयोध्या, गोरखपुर र बनारस रेल सेवा
-
-
लुम्बिनीका मुख्यमन्त्री र मन्त्रीले आधा महिनाको पारिश्रमिक प्रधानमन्त्री विपद् उद्धार कोषमा दिने
-
बाढीको वितण्डा : कपिलवस्तुका आशिषको पर्खाइमा वृद्ध आमाबुवा
-
सडक डिभिजन दाङका कार्यालय प्रमुखसहित नौ जनाविरुद्ध भ्रष्टाचार मुद्दा






प्रतिक्रिया