

अमेरिकी राष्ट्रपति ट्रम्पबाट आठ चिनियाँ एपमाथि प्रतिबन्ध


राष्ट्रपतीय कार्यकालको अन्तिम क्षणमा रहेका अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले फेरि आठवटा चिनियाँ एप्लिकेसनमाथि प्रतिबन्ध लगाएका छन्। राष्ट्रपति ट्रम्पले चर्चित भुक्तानी सेवा प्रदायक अलिपे, विच्याट पेसहितका आठ एपमाथि प्रतिबन्ध लगाउने कार्यकारी आदेशमा हस्ताक्षर गरेका हुन्। बीबीसीका अनुसार प्रतिबन्धमा परेकामा अलिपे, क्युक्यु वालेट र विच्याट पे विश्वका चर्चित भुक्तानी सेवाप्रदायक छन्। उक्त कार्यकारी आदेश ४५ दिनमा कार्यान्वयनमा आउनेछ। अमेरिकी राष्ट्रिय सुरक्षामा खतरा भएको आरोप लगाउँदै अमेरिकाले चिनियाँ एपमाथि प्रतिबन्ध लगाएको हो। ती एपमार्फत अमेरिकी नागरिकलाई ट्रयाक गर्नसक्ने सम्भावना रहेकाले प्रतिबन्ध लगाउनुपरेको बताइएको छ।


खबर सबै
-
सरकारले भन्यो- भोटेकोशी बाढीबाट १६ लाख मानिस प्रभावित, रसुवा र नुवाकोट अति प्रभावित
-
नेपालगन्जबाट अयोध्या, गोरखपुर र बनारस रेल सेवा
-
-
लुम्बिनीका मुख्यमन्त्री र मन्त्रीले आधा महिनाको पारिश्रमिक प्रधानमन्त्री विपद् उद्धार कोषमा दिने
-
बाढीको वितण्डा : कपिलवस्तुका आशिषको पर्खाइमा वृद्ध आमाबुवा
-
सडक डिभिजन दाङका कार्यालय प्रमुखसहित नौ जनाविरुद्ध भ्रष्टाचार मुद्दा






प्रतिक्रिया