

केपी ओली इमान्दार तानाशाह: भट्टराई



काठमाडौं, पुस २२
जनता समाजवादी पार्टी नेपालका संघीय परिषद अध्यक्षसमेत रहेका पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले प्रधानमन्त्री केपी शर्मा ओली इमान्दार तानाशाह भएको बताएका छन्।
झापा विद्रोहपछि जेलबाट निस्केका ओली त्यसपछिका दिनमा सधैं परिवर्तन विरोधी रहेको भट्टराईको आरोप छ।
नेकपा प्रचण्ड-नेपाल पक्षले आज काठमाडौंमा गरेको अन्तर्क्रियामा बोल्दै भट्टराईले प्रधानमन्त्री ओली गणतन्त्रदेखि संघीयतासम्मको विरोधी भएको आरोप लगाए।
‘केपी ओली सवै परिवर्तनका विरोधी हो। नेकपाका साथीहरूले अहिलेसम्म कसरी बोकेर यहाँसम्म ल्याउनुभयो?,’ उनले प्रश्न गरे, ‘यो कुरा उहाँले लुकाउनुभएको छैन, त्यसकारण उहाँ इमान्दार तानाशाह हो।’
प्रधानमन्त्री ओलीले पुस ५ मा नियोजित ढंगले प्रतिनिधि सभा भंग गरेको पनि उनको भनाइ छ। अस्थिरतामा खेल्न चाहेकाहरूको मतियारका रूपमा प्रधानमन्त्री ओली देखिएको उनले बताए।
उनले प्रतिनिधि सभा अझै पनि जीवित रहेको बताएका छन्। दुई तिहाइ सरकार चलाउन नसक्नेल अब चुनाव नगराउने पनि भट्टराईको भनाइ थियो। उनले थपे, ‘केपी ओली राजनीतिक क्यान्सर हुन्।’


खबर सबै
-
डीडीसीमा १२ करोडभन्दा बढी हानि पुर्याएको आरोपमा तत्कालीन महाप्रबन्धकसहित आठ जना पक्राउ
-
एनपीएलमा आज लुम्बिनी र चितवन तथा विराटनगर र सुदूरपश्चिम खेल्ने, वर्षा वाधक बन्न सक्ने
-
धेरै ठाउँमा निरन्तर झरी, आज दिउँसोदेखि चक्रवातको प्रभाव कम हुने
-
बाणगंगा–९ का सामुदायिक वनमा ४ नाल भरुवा बन्दुक बरामद
-
उत्तराखण्डमा छ यात्रु बोकेको हेलिकोप्टर दुर्घटनाग्रस्त, खोजी तथा उद्धार जारी
-
गुल्मीमा ट्याक्टरको ठक्करबाट १२ वर्षीय बालकको मृत्यु
-
बाणगंगा–९ का सामुदायिक वनमा ४ नाल भरुवा बन्दुक बरामद
-
उत्तराखण्डमा छ यात्रु बोकेको हेलिकोप्टर दुर्घटनाग्रस्त, खोजी तथा उद्धार जारी
-
गुल्मीमा ट्याक्टरको ठक्करबाट १२ वर्षीय बालकको मृत्यु
-
एनपीएलमा चम्किँदै नेपाली खेलाडी, बने सबै खेलमा ‘म्याच विनर’
-
अर्नब अवशेष : अब ३० घण्टा सतर्क रहन आग्रह, भोलि बेलुकादेखि वर्षा रोकिने
-
प्रधानमन्त्री बालेन र मोदीले विशेष रेल सेवाको उद्घाटन गर्ने तयारी







प्रतिक्रिया