

कपिलवस्तुमा मृत फेला परेकी १६ वर्षीया बालिकाको हत्यासँग जोडिएको रहस्य खुल्यो



पुस २१, कपिलवस्तु ।
केहीदिन अघि कपिलवस्तुको एक खोलामा मृत फेला परेकी १६ वर्षीया बालिकाको हत्यासँग जोडिएको रहस्य खुलेको छ । प्रहरीका अनुसार ती बालिकालाई एक युवाले बलात्कार गर्ने प्रयास असफल भएपछि हत्या गरेको खुलासा भएको हो ।
शिवराज नगरपालिका वडा नम्वर–३, करमादीस्थित मनबहादुर रोकाकी १६ वर्षीया छोरी अस्मिता भन्ने दीपा रोका पुस १३ गते दिउँसो सोही स्थानको खोलामा मृत फेला परेकी थिइन् ।
ईलाका प्रहरी कार्यालय चन्द्रौटाबाट खटिएको प्रहरी टोलीले गरेको अनुसन्धान अनुुसार ती बालिकालाई सोही नगरपालिका वडा नम्वर–४, बनकट्टाका २० वर्षीय अल्फात मुसलमानले हत्या गरि फालेको खुल्न आएको हो ।
जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रवक्ता एवं डिएसपी धर्मराज भण्डारीले पुस ११ गते साँझ घरबाट बेपत्ता भएकी ती बालिकाको शव दुई दिनपछि प्रहरीले खोलामा फेला पारेको बताए ।
निजलाई पक्राउ गरी अदालतमा उपस्थित गराएर कारवाहीका लागि कानुनी प्रक्रिया थालिएको डिएसपी भण्डारीले बताए ।


खबर सबै
-
कपिलवस्तुका ‘कुमारको क्यामेराले’ जित्यो ‘राष्ट्रिय अवार्ड’
-
कपिलवस्तुमा ७ हजार बढी किशोरीलाई एचपीभी खोप लगाइने
-
रसुवा बाढी : एक हजार बढी शवको सुरक्षित व्यवस्थापन
-
करेन्ट लगाएर माछा मार्ने क्रममा युवकको मृत्यु
-
अपर त्रिशूली १ को सुरुङबाट ११ दिनपछि विदेशी नागरिकको जीवितै
-
जसपाको कारबाहीले लुम्बिनी सरकार संकटमा, मुख्यमन्त्रीलाई फेरि विश्वासको मतको दबाब
-
करेन्ट लगाएर माछा मार्ने क्रममा युवकको मृत्यु
-
अपर त्रिशूली १ को सुरुङबाट ११ दिनपछि विदेशी नागरिकको जीवितै
-
जसपाको कारबाहीले लुम्बिनी सरकार संकटमा, मुख्यमन्त्रीलाई फेरि विश्वासको मतको दबाब
-
कपिलवस्तुमा अटोको ठक्करबाट तीन वर्षीय बालकको मृत्यु
-
भोटेकोशी बाढीमा लुम्बिनीका २४५ जना सम्पर्कविहीन, कुन जिल्लाका कति ? (नामावलीसहित)
-
दाङमा रहेको चमेरे गुफा सुनसान






प्रतिक्रिया