
जसपाको अन्तरक्रियामा माधव नेपाल, ओली भन्दा प्रचण्ड धेरै असल रहेको भनाई

काठमाडौँ ।
नेकपा दाहाल–नेपाल खेमाका अध्यक्ष माधवकुमार नेपालले केपी ओलीभन्दा पुष्पकमल दाहाल ‘प्रचण्ड’ धेरै नै असल मान्छे भएको टिप्पणी गरेका छन्।
मंगलबार जनता समाजवादी पार्टीले काठमाडौँमा आयोजना गरेको अन्तरक्रिया नेपालले ओलीसँग भन्दा दाहालसँग काम गर्न सहज रहेको र भाव पनि मिल्ने दाबी गरेका हुन्।
प्रचण्डसँग मिलेर विगतमा जस्तै अब पनि काम गर्ने दाबी नेपालले गरेका छन्। नेपालले विगतमा आफूले सेना समायोजन लगायत महत्त्वपूर्ण काम प्रचण्डको सहयोगमा गरेको बताए।
ओलीले भने हरहमेसा एकलौटी काम गरेको र आफ्ना विरोधीहरुलाई सिध्याउन खेलमा मात्रै जुटेको नेपालको आरोप छ। नेपालले पछिल्लो समय ओलीमा झन् धेरै दम्भ र इगो बढेको आरोप लगाए।
ओलीका पछिल्ला अभिव्यक्तिहरुका कारण शीर निहुर्याउनु पर्ने अवस्था आएको टिप्पणी नेपालले गरेका छन्। योसँगै नेपालले ओलीको संसद विघटनविरुद्धको आन्दोलन संयुक्त रूपमा सफल पार्ने मामिलामा पनि जोड दिएका छन्।


खबर सबै
-
अर्घाखाँचीको इतिहास : दुई राजाको सालिक निर्माण
-
ट्याक्टर दुर्घटना हुँदा बालकको मृत्यु
-
टी-२० विश्वकपमा अब ‘सुपर १०’ को नयाँ संरचना, नेपाल भने सिधा ग्लोबल क्वालिफायरमा
-
बुटवलबाट ६ लाख २२ हजार नक्कली नेपाली रुपैयाँ र मेसिन सहित ६ जना पक्राउ
-
फिफा विश्वकप : अन्तिम चार टोली, कोभन्दा को कम ?
-
देशका अधिकांश भूभागमा वर्षाको सम्भावना
-
बुटवलबाट ६ लाख २२ हजार नक्कली नेपाली रुपैयाँ र मेसिन सहित ६ जना पक्राउ
-
फिफा विश्वकप : अन्तिम चार टोली, कोभन्दा को कम ?
-
देशका अधिकांश भूभागमा वर्षाको सम्भावना
-
नारायणगढ–मुग्लिन सडकमा फेरि पहिरो, अर्को सूचना नभएसम्म सवारी सञ्चालन रोक
-
प्युठानमा ८० थान भरुवा बन्दुक बरामद
-
अमेरिकी बमबारीपछि खाडीस्थित अमेरिकी सैन्य आधारमा आक्रमण सुरु






प्रतिक्रिया