

जसपाको अन्तरक्रियामा माधव नेपाल, ओली भन्दा प्रचण्ड धेरै असल रहेको भनाई



काठमाडौँ ।
नेकपा दाहाल–नेपाल खेमाका अध्यक्ष माधवकुमार नेपालले केपी ओलीभन्दा पुष्पकमल दाहाल ‘प्रचण्ड’ धेरै नै असल मान्छे भएको टिप्पणी गरेका छन्।
मंगलबार जनता समाजवादी पार्टीले काठमाडौँमा आयोजना गरेको अन्तरक्रिया नेपालले ओलीसँग भन्दा दाहालसँग काम गर्न सहज रहेको र भाव पनि मिल्ने दाबी गरेका हुन्।
प्रचण्डसँग मिलेर विगतमा जस्तै अब पनि काम गर्ने दाबी नेपालले गरेका छन्। नेपालले विगतमा आफूले सेना समायोजन लगायत महत्त्वपूर्ण काम प्रचण्डको सहयोगमा गरेको बताए।
ओलीले भने हरहमेसा एकलौटी काम गरेको र आफ्ना विरोधीहरुलाई सिध्याउन खेलमा मात्रै जुटेको नेपालको आरोप छ। नेपालले पछिल्लो समय ओलीमा झन् धेरै दम्भ र इगो बढेको आरोप लगाए।
ओलीका पछिल्ला अभिव्यक्तिहरुका कारण शीर निहुर्याउनु पर्ने अवस्था आएको टिप्पणी नेपालले गरेका छन्। योसँगै नेपालले ओलीको संसद विघटनविरुद्धको आन्दोलन संयुक्त रूपमा सफल पार्ने मामिलामा पनि जोड दिएका छन्।


खबर सबै
-
डीडीसीमा १२ करोडभन्दा बढी हानि पुर्याएको आरोपमा तत्कालीन महाप्रबन्धकसहित आठ जना पक्राउ
-
एनपीएलमा आज लुम्बिनी र चितवन तथा विराटनगर र सुदूरपश्चिम खेल्ने, वर्षा वाधक बन्न सक्ने
-
धेरै ठाउँमा निरन्तर झरी, आज दिउँसोदेखि चक्रवातको प्रभाव कम हुने
-
बाणगंगा–९ का सामुदायिक वनमा ४ नाल भरुवा बन्दुक बरामद
-
उत्तराखण्डमा छ यात्रु बोकेको हेलिकोप्टर दुर्घटनाग्रस्त, खोजी तथा उद्धार जारी
-
गुल्मीमा ट्याक्टरको ठक्करबाट १२ वर्षीय बालकको मृत्यु
-
बाणगंगा–९ का सामुदायिक वनमा ४ नाल भरुवा बन्दुक बरामद
-
उत्तराखण्डमा छ यात्रु बोकेको हेलिकोप्टर दुर्घटनाग्रस्त, खोजी तथा उद्धार जारी
-
गुल्मीमा ट्याक्टरको ठक्करबाट १२ वर्षीय बालकको मृत्यु
-
एनपीएलमा चम्किँदै नेपाली खेलाडी, बने सबै खेलमा ‘म्याच विनर’
-
अर्नब अवशेष : अब ३० घण्टा सतर्क रहन आग्रह, भोलि बेलुकादेखि वर्षा रोकिने
-
प्रधानमन्त्री बालेन र मोदीले विशेष रेल सेवाको उद्घाटन गर्ने तयारी







प्रतिक्रिया