

सरकारविरूद्ध प्रचण्ड-नेपाल पक्षको अनेरास्ववियूको आन्दोलन घोषणा




काठमाडौं, पुस २१
प्रतिनिधि सभा विघटन विरुद्ध प्रचण्डमाधव समुहसँग आबद्ध अनेरास्वीयुले आन्दोलनका कार्यक्रम घोषणा गरेको छ । मंगलबार पत्रकार सम्मेलन गरेर पुस २१ गतेदेखी २९ गतेसम्मको लागि आन्दोलनका कार्यक्रम सार्वजनिक गरेको हो । जस अनुसार आज पुस २१ ग्ते सबै मन्त्रीहरुलाई कालो झण्डा देखाउने र प्रत्येक क्याम्पसमा कालो व्यानर राखेर विरोध प्रदर्शन तथा कोणसभा गर्ने अनेरास्वीयुले जनाएको छ ।
त्यसै गरी भोली पुस २२ गते काठमाण्डौमा लाल्टिन जुलुस र काठमाण्डौ बाहिर आवश्यकता अनुसार लाल्टिन र सिटीरलाठी जुलुस प्रदर्शन गर्ने, २३ देशव्यापी रुपमा प्रधानमन्त्रीको पुत्ला दहन गर्ने, २४ गते जिल्ला प्रसासन कार्यालयमा ज्ञापनपत्र तथा धर्ना, २५ गते असंवैधानिक कदमविरुद्ध सडक बहस कार्यक्रम गर्ने पत्रकार सम्मेलनमा बताइएको थियो । २६ गते बयलगाडा प्रदर्शन गर्ने कार्यक्रम तय भएको प्रचण्ड माधव समुहका विद्यार्थीले बताएका छन् ।
पुस २७ गते प्रतिगमन विरुद्ध सडक कविता, गीत र गजल कार्यक्रम गर्ने, २८ गते सडक नाटक र सडक आर्ट (स्ट्रिट वाल पेन्टिङ), २९ गते सडकमा प्ले कार्डसहित कार्टुन प्रदर्शन गर्ने कार्यक्रम रहेको अनेरास्ववियूले जनाएको छ । अनेरास्ववियूका नेता विजय गौतमले प्रधानमन्त्रीको कदम नसचिएसम्म आन्दोलनल जारी रहने बताए ।


खबर सबै
-
डीडीसीमा १२ करोडभन्दा बढी हानि पुर्याएको आरोपमा तत्कालीन महाप्रबन्धकसहित आठ जना पक्राउ
-
एनपीएलमा आज लुम्बिनी र चितवन तथा विराटनगर र सुदूरपश्चिम खेल्ने, वर्षा वाधक बन्न सक्ने
-
धेरै ठाउँमा निरन्तर झरी, आज दिउँसोदेखि चक्रवातको प्रभाव कम हुने
-
बाणगंगा–९ का सामुदायिक वनमा ४ नाल भरुवा बन्दुक बरामद
-
उत्तराखण्डमा छ यात्रु बोकेको हेलिकोप्टर दुर्घटनाग्रस्त, खोजी तथा उद्धार जारी
-
गुल्मीमा ट्याक्टरको ठक्करबाट १२ वर्षीय बालकको मृत्यु
-
बाणगंगा–९ का सामुदायिक वनमा ४ नाल भरुवा बन्दुक बरामद
-
उत्तराखण्डमा छ यात्रु बोकेको हेलिकोप्टर दुर्घटनाग्रस्त, खोजी तथा उद्धार जारी
-
गुल्मीमा ट्याक्टरको ठक्करबाट १२ वर्षीय बालकको मृत्यु
-
एनपीएलमा चम्किँदै नेपाली खेलाडी, बने सबै खेलमा ‘म्याच विनर’
-
अर्नब अवशेष : अब ३० घण्टा सतर्क रहन आग्रह, भोलि बेलुकादेखि वर्षा रोकिने
-
प्रधानमन्त्री बालेन र मोदीले विशेष रेल सेवाको उद्घाटन गर्ने तयारी







प्रतिक्रिया