

अविश्वास प्रस्ताव आउँदैछ भन्ने आशङ्कापछि प्रधानमन्त्रीबाट प्रतिनिधि सभाकाे प्राण हरण : कृष्ण पहाडी




काठमाण्डौ, पुस २०
मानव अधिकार तथा शान्ति समाजका संस्थापक सभापति कृष्ण पहाडीले प्रधानमन्त्री केपी शर्मा ओलीले देशलाई गृहयुद्धमा धकेलेको टिप्पणी गर्नुभएको छ ।
सोमबार काठमाण्डौमा आयोजित एक साक्षात्कार कार्यक्रममा बोल्दै मानव अधिकारकर्मी पहाडीले गणतन्त्रमाथि वितृष्णा पैदा गर्ने र देशलाई गृहयुद्धमा धकेल्ने काम प्रधानमन्त्री ओलीबाट भइरहेको बताउनुभएको हो ।
लामो सङ्घर्षपछि प्राप्त उपलब्धिहरूलाई कुल्चेर गणतन्त्रमाथि वितृष्णा पैदा गर्ने काम भएको उहाँकाे भनाइ छ ।
प्रतिनिधि सभामा अविश्वास प्रस्ताव आउँदैछ भन्ने आशङ्का भएपछि प्रधानमन्त्री ओलीले संसद्को प्राण हरण गरेको मानव अधिकारकर्मी पहाडीले बताउनुभयो ।
यस्तै प्रधानमन्त्री ओलीले सत्तामा पुगेपछि पटक–पटक गैर–संवैधानिक कामकाे सिलसिलालाई प्रारम्भ गरेको पनि उहाँले आरोप लगाउनुभयो । सर्वोच्च अदालतले प्रतिनिधि सभा विघटन गर्ने सरकारको कदमलाई सदर गर्ने हो भने नेपालमा जुनसुकै प्रधानमन्त्रीले संविधान विघटन गर्न सक्ने बताउनुभयो ।
नेपालको संविधान निर्माण भएपछि विरोध गर्ने र आगो लगाउनेहरूले अहिले संविधानको रक्षाका लागि सडकमा उत्रिएको तर संविधान उत्कृष्ट छ भन्नेहरूले संविधानको पाना च्यात्ने काम गरेको पनि पहाडीले बताउनुभयो ।


खबर सबै
-
डीडीसीमा १२ करोडभन्दा बढी हानि पुर्याएको आरोपमा तत्कालीन महाप्रबन्धकसहित आठ जना पक्राउ
-
एनपीएलमा आज लुम्बिनी र चितवन तथा विराटनगर र सुदूरपश्चिम खेल्ने, वर्षा वाधक बन्न सक्ने
-
धेरै ठाउँमा निरन्तर झरी, आज दिउँसोदेखि चक्रवातको प्रभाव कम हुने
-
बाणगंगा–९ का सामुदायिक वनमा ४ नाल भरुवा बन्दुक बरामद
-
उत्तराखण्डमा छ यात्रु बोकेको हेलिकोप्टर दुर्घटनाग्रस्त, खोजी तथा उद्धार जारी
-
गुल्मीमा ट्याक्टरको ठक्करबाट १२ वर्षीय बालकको मृत्यु
-
बाणगंगा–९ का सामुदायिक वनमा ४ नाल भरुवा बन्दुक बरामद
-
उत्तराखण्डमा छ यात्रु बोकेको हेलिकोप्टर दुर्घटनाग्रस्त, खोजी तथा उद्धार जारी
-
गुल्मीमा ट्याक्टरको ठक्करबाट १२ वर्षीय बालकको मृत्यु
-
एनपीएलमा चम्किँदै नेपाली खेलाडी, बने सबै खेलमा ‘म्याच विनर’
-
अर्नब अवशेष : अब ३० घण्टा सतर्क रहन आग्रह, भोलि बेलुकादेखि वर्षा रोकिने
-
प्रधानमन्त्री बालेन र मोदीले विशेष रेल सेवाको उद्घाटन गर्ने तयारी







प्रतिक्रिया