

प्रचण्ड–नेपाल समूहको निर्णय, पृथ्वी गुरुङ र शङ्कर पोखरेललाई प्रदेश इञ्चार्जबाट हटाउने




काठमाण्डौ, पुस २०
नेपाल कम्युनिस्ट पार्टी नेकपाको प्रचण्ड–नेपाल समूहले पृथ्वी सुब्बा गुरुङ र शङ्कर पोखरेललाई प्रदेश इञ्चार्जबाट हटाएको छ ।
माधवकुमार नेपालको अध्यक्षतामा बसेको प्रचण्ड–नेपाल समूहको स्थायी कमिटीको बैठकले गण्डकी र लुम्बिनी प्रदेशका मुख्यमन्त्रीसमेत रहेका गुरुङ र पोखरेललाई प्रदेश इञ्चार्जबाट हटाउने निर्णय गरेको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिनुभयो ।
अब गण्डकी प्रदेश इञ्चार्जको जिम्मेवारी देवेन्द्र पौडेललाई र लुम्बिनी प्रदेश इञ्चार्जको जिम्मेवारी युवराज ज्ञवालीलाई दिइएको पनि उहाँले बताउनुभयो ।
यस्तै गण्डकीका सह–इञ्चार्ज किरण गुरुङलाई हटाएर तुलबहादुर गुरुङ र सचिवबाट गोविन्द नेपालीलाई हटाएर श्रीमाया थकालीलाई जिम्मा दिइएको छ ।
अर्का अध्यक्ष प्रचण्ड श्रीमती सीताको उपचारका लागि भारत गएपछि माधवकुमार नेपालको अध्यक्षतामा प्रचण्ड–नेपाल समूहको बैठक बसेको हो ।


खबर सबै
-
कांग्रेसले सातै प्रदेशमा तोक्यो निर्वाचन संयोजक, लुम्बिनीमा कसले पाए जिम्मेवारी ?
-
भैरहवास्थित क्यासिनोमा प्रहरीको छापा, ६ जना पक्राउ
-
महालेखाले थाल्यो ४४ जिल्लाबाट पहिलो चरणको स्थलगत लेखापरीक्षण
-
कृषकको खेती जोगाउने प्रयास : बाँदर धपाउन हेरालु, बँदेल रोक्न काँडेतार
-
एनपीएल च्याम्पियन टोली ‘लुम्बिनी लायन्स’को हस्पिटालिटी पार्टनरमा ‘भिभान्ता’
-
गुल्मीमा महिला मृत फेला, करेन्ट लागेको आशंका
-
कृषकको खेती जोगाउने प्रयास : बाँदर धपाउन हेरालु, बँदेल रोक्न काँडेतार
-
एनपीएल च्याम्पियन टोली ‘लुम्बिनी लायन्स’को हस्पिटालिटी पार्टनरमा ‘भिभान्ता’
-
गुल्मीमा महिला मृत फेला, करेन्ट लागेको आशंका
-
सल्यानमा बोलेरो जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु, चार घाइते
-
लुम्बिनी प्रदेशमा भदाै २९ गते सार्वजनिक बिदा
-
लुम्बिनी सरकारको ठूलो निर्णय : घरेलु कार्यालयमै पाइनेछ यातायात सेवा






प्रतिक्रिया