

प्रचण्ड–नेपाल समूहको निर्णय, पृथ्वी गुरुङ र शङ्कर पोखरेललाई प्रदेश इञ्चार्जबाट हटाउने




काठमाण्डौ, पुस २०
नेपाल कम्युनिस्ट पार्टी नेकपाको प्रचण्ड–नेपाल समूहले पृथ्वी सुब्बा गुरुङ र शङ्कर पोखरेललाई प्रदेश इञ्चार्जबाट हटाएको छ ।
माधवकुमार नेपालको अध्यक्षतामा बसेको प्रचण्ड–नेपाल समूहको स्थायी कमिटीको बैठकले गण्डकी र लुम्बिनी प्रदेशका मुख्यमन्त्रीसमेत रहेका गुरुङ र पोखरेललाई प्रदेश इञ्चार्जबाट हटाउने निर्णय गरेको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिनुभयो ।
अब गण्डकी प्रदेश इञ्चार्जको जिम्मेवारी देवेन्द्र पौडेललाई र लुम्बिनी प्रदेश इञ्चार्जको जिम्मेवारी युवराज ज्ञवालीलाई दिइएको पनि उहाँले बताउनुभयो ।
यस्तै गण्डकीका सह–इञ्चार्ज किरण गुरुङलाई हटाएर तुलबहादुर गुरुङ र सचिवबाट गोविन्द नेपालीलाई हटाएर श्रीमाया थकालीलाई जिम्मा दिइएको छ ।
अर्का अध्यक्ष प्रचण्ड श्रीमती सीताको उपचारका लागि भारत गएपछि माधवकुमार नेपालको अध्यक्षतामा प्रचण्ड–नेपाल समूहको बैठक बसेको हो ।


खबर सबै
-
डीडीसीमा १२ करोडभन्दा बढी हानि पुर्याएको आरोपमा तत्कालीन महाप्रबन्धकसहित आठ जना पक्राउ
-
एनपीएलमा आज लुम्बिनी र चितवन तथा विराटनगर र सुदूरपश्चिम खेल्ने, वर्षा वाधक बन्न सक्ने
-
धेरै ठाउँमा निरन्तर झरी, आज दिउँसोदेखि चक्रवातको प्रभाव कम हुने
-
बाणगंगा–९ का सामुदायिक वनमा ४ नाल भरुवा बन्दुक बरामद
-
उत्तराखण्डमा छ यात्रु बोकेको हेलिकोप्टर दुर्घटनाग्रस्त, खोजी तथा उद्धार जारी
-
गुल्मीमा ट्याक्टरको ठक्करबाट १२ वर्षीय बालकको मृत्यु
-
बाणगंगा–९ का सामुदायिक वनमा ४ नाल भरुवा बन्दुक बरामद
-
उत्तराखण्डमा छ यात्रु बोकेको हेलिकोप्टर दुर्घटनाग्रस्त, खोजी तथा उद्धार जारी
-
गुल्मीमा ट्याक्टरको ठक्करबाट १२ वर्षीय बालकको मृत्यु
-
एनपीएलमा चम्किँदै नेपाली खेलाडी, बने सबै खेलमा ‘म्याच विनर’
-
अर्नब अवशेष : अब ३० घण्टा सतर्क रहन आग्रह, भोलि बेलुकादेखि वर्षा रोकिने
-
प्रधानमन्त्री बालेन र मोदीले विशेष रेल सेवाको उद्घाटन गर्ने तयारी







प्रतिक्रिया