

गृहमन्त्री विरुद्ध चितवनमा कालो बेलुन उडाएर विरोध



चितवन ।
गृहमन्त्री रामबहादुर थापा बादल विरुद्ध गृहजिल्ला चितवनमा प्रचण्ड–नेपाल पक्षका कार्यकताले कालो बेलुन उडाएर विरोध गरेका छन् ।
प्रधानमन्त्री केपी ओली पक्षको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को जिल्लास्तरीय अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्न आज गृह जिल्ला आएका गृहमन्त्री बादललाई विरोधस्वरुप उनिहरुले हाकिमचोकमा कालो बेलुन उडाएर प्रदर्शन गरेका हुन् । आज एके समय पारेर प्रधानमन्त्री केपी ओली र प्रचण्ड नेपाल पक्षले कार्यक्रम आयोजना गरेका छन् ।
प्रचण्ड–नेपाल पक्ष समर्थकहरुले विभिन्न कार्यालय, होटल, बिजुलीका पोल तथा रुखहरुमा समेत कालो बेलुन बाँधेर प्रदर्शन गरेका छन् । बादल लाल गद्धार, संवैधानिक कूुका मतियार लेखेको ब्यानर बेलुनमा बाँधेर उडाइएको छ । पूर्वमाओवादी समूहबाट गृहमन्त्री समेत भएका बादल संसद विघटनपछि प्रधानमन्त्री ओली समूहमा आएका थिए ।


खबर सबै
-
यूएईलाई हराउँदै नेपाल प्रिमियर कप च्याम्पियन, एसिया कपमा छनोट
-
कांग्रेसले सातै प्रदेशमा तोक्यो निर्वाचन संयोजक, लुम्बिनीमा कसले पाए जिम्मेवारी ?
-
भैरहवास्थित क्यासिनोमा प्रहरीको छापा, ६ जना पक्राउ
-
महालेखाले थाल्यो ४४ जिल्लाबाट पहिलो चरणको स्थलगत लेखापरीक्षण
-
कृषकको खेती जोगाउने प्रयास : बाँदर धपाउन हेरालु, बँदेल रोक्न काँडेतार
-
एनपीएल च्याम्पियन टोली ‘लुम्बिनी लायन्स’को हस्पिटालिटी पार्टनरमा ‘भिभान्ता’
-
महालेखाले थाल्यो ४४ जिल्लाबाट पहिलो चरणको स्थलगत लेखापरीक्षण
-
कृषकको खेती जोगाउने प्रयास : बाँदर धपाउन हेरालु, बँदेल रोक्न काँडेतार
-
एनपीएल च्याम्पियन टोली ‘लुम्बिनी लायन्स’को हस्पिटालिटी पार्टनरमा ‘भिभान्ता’
-
गुल्मीमा महिला मृत फेला, करेन्ट लागेको आशंका
-
सल्यानमा बोलेरो जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु, चार घाइते
-
लुम्बिनी प्रदेशमा भदाै २९ गते सार्वजनिक बिदा






प्रतिक्रिया