

कुहिएको र खिया लागेको त ओली नैै हुन् : नेता रावल




काठमाडौं , पुस २०
पूर्व उपप्रधानमन्त्री तथा नेकपा नेता भीम रावलले प्रधानमन्त्री केपी शर्मा ओली पद्धति र विधिलाई धुजाधुजा पार्ने व्यक्ति भएको बताएका छन् ।
खिया लागेको, नटबोल्ट खुस्किएको, कुहेको, भेट्नुबाट २ फल झरेको जस्ता कटाक्ष प्रधानमन्त्रीले गर्नु स्तरहीन चेतनाको उपज भएको रावलले बताए । ‘कुहेको त के पी ओली हुन्, खिया नलागेको प्रधानमन्त्री ओली भएर नै त १ वर्ष पनि प्रधानमन्त्री कार्यालय सिंहदरबार धाउन सकेका छैनन्,’ नेता रावलले भने । साढे चार सय बढी प्रवासी नेपाली एकता मन्चका नेता, अगुवा, कार्यकर्ताहरू सहभागी एक भर्चुअल कार्यक्रममा सम्बाेधन गर्दै रावलले उक्त कुरा बताएका हुन् ।
पुष ५ गत्ते कालो दिन रहेकाे भन्दै उनले थपे, ‘जब राष्ट्रपतिले समावेदनबारे दर्ता नगरी तल्लो स्तरको कुरा गर्नुभयो, त्यो बेला मैले कमरेड मदन भण्डारीलाई भावुक भएर सम्झेँ । के कमरेड मदनले यस्तै राष्ट्र प्रमुखको कल्पना गर्नु भएको थियो होला ? संविधानको मर्यादा राष्ट्रपतिले पालना गर्नुभएन ।’
८३ जना सांसदले संसद आह्वानका लागि समावेदन गर्दा अविश्वास प्रस्ताव ल्यायो भनेर कुप्रचार गरिएकाे भन्दै रावलले आफै प्रायोजित समाचार छाप्ने अनि आफै प्रचार गर्ने काम प्रधानमन्त्रीले साईबर सेना गठन गरेरै लागेकेा बताए ।
‘गोयाला संगको भेटपछि संयुक्त सैनिक अभ्यास गर्ने प्रयास भयो,’ उनले भने, ‘सीआईए का एजेन्ट मन्त्रिपरिषदमा थिए, एमसीसी पास गरेर देश डुबाउन खोज्छन् ।’ नेपालको कानुनभन्दा माथि रहने मिलेनियम च्यालेन्ज कर्पोरेशनको प्रस्तावित बुदा खतरनाक पक्ष रहेको दोहोर्याउँदै उनले नेपाली राष्ट्रीयता र स्वतन्त्रता यसबाट खोसिने प्रस्ट रहेकाे बताए ।
नेता रावलले अदालत, निर्वाचन आयोग सबैले संविधान मान्छु भनेर सपथ खाएको हुनाले निर्णय तलमाथि नहुने विश्वास समेत व्यक्त गर्दै विद्रोहमा जान नपर्ने बताए ।


खबर सबै
-
डीडीसीमा १२ करोडभन्दा बढी हानि पुर्याएको आरोपमा तत्कालीन महाप्रबन्धकसहित आठ जना पक्राउ
-
एनपीएलमा आज लुम्बिनी र चितवन तथा विराटनगर र सुदूरपश्चिम खेल्ने, वर्षा वाधक बन्न सक्ने
-
धेरै ठाउँमा निरन्तर झरी, आज दिउँसोदेखि चक्रवातको प्रभाव कम हुने
-
बाणगंगा–९ का सामुदायिक वनमा ४ नाल भरुवा बन्दुक बरामद
-
उत्तराखण्डमा छ यात्रु बोकेको हेलिकोप्टर दुर्घटनाग्रस्त, खोजी तथा उद्धार जारी
-
गुल्मीमा ट्याक्टरको ठक्करबाट १२ वर्षीय बालकको मृत्यु
-
बाणगंगा–९ का सामुदायिक वनमा ४ नाल भरुवा बन्दुक बरामद
-
उत्तराखण्डमा छ यात्रु बोकेको हेलिकोप्टर दुर्घटनाग्रस्त, खोजी तथा उद्धार जारी
-
गुल्मीमा ट्याक्टरको ठक्करबाट १२ वर्षीय बालकको मृत्यु
-
एनपीएलमा चम्किँदै नेपाली खेलाडी, बने सबै खेलमा ‘म्याच विनर’
-
अर्नब अवशेष : अब ३० घण्टा सतर्क रहन आग्रह, भोलि बेलुकादेखि वर्षा रोकिने
-
प्रधानमन्त्री बालेन र मोदीले विशेष रेल सेवाको उद्घाटन गर्ने तयारी







प्रतिक्रिया