
सरकारविरुद्धको प्रदर्शनलाई प्रभावकारी र सशक्त बनाउ : तरुण दल

काठमाडौं, पुस २०
नेपाली कांग्रेसको तरुण संगठन नेपाल तरुण दलले सरकारविरुद्धको प्रदर्शनलाई प्रभावकारी र सशक्त बनाउन मातहतका जिल्ला कमिटीहरुलाई निर्देशन दिएको छ ।
नेपाली कांग्रेसले संसद विघटनको विरोधमा वडा तहसम्मै आन्दोलनका कार्यक्रम सार्वजनिक गरेको छ । यही पुस २५ गतेदेखि माघ ८ गतेसम्म हुने ती आन्दोलनका कार्यक्रमलाई अझ बढी प्रभावकारी र सशक्त बनाउन नेपाल तरुण दलले सबै तह र तप्कालाई निर्देशन दिएको हो ।
तरुण दलका केन्द्रीय अध्यक्ष जितजंग बस्नेतले आज सबै जिल्ला समितिहरुलाई परिपत्र गर्दै जिल्ला पार्टीसँग समन्वय गरी जिल्ला समिति अन्तर्गतका सबै तह, तप्का र निकायका तरुणहरुलाई सक्रिय रुपले सहभागी गर्न÷गराउन निर्देशन दिएका छन् ।
आगामी पुस २५ गते ३३० प्रदेशसभा निर्वाचन क्षेत्रमा विरोध प्रदर्शन र सभा आयोजना गर्ने, माघ ३ गते देशैभरका ७५३ पालिकाहरुमा विरोध प्रदर्शन र सभा गर्ने तथा माघ ८ गते देशैभरका ६ हजार ७४३ वडाहरुमा विरोध प्रदर्शन एवं सभा आयोजना गर्ने नेपाल तरुण दलले जनाएको छ ।
केपी शर्मा ओली नेतृत्वको सरकारले गरेको प्रतिनिधिसभा विघटनको असंवैधानिक र अलोकतान्त्रिक कदम, व्याप्त भ्रष्टाचार, कोभिड–१९ नियन्त्रण र व्यवस्थापनमा सरकारको असफलता तथा कुशासनको विरुद्धमा विरोध प्रदर्शन गर्न लागिएको तरुण दल अध्यक्ष बस्नेतले बताए ।


खबर सबै
-
ट्याक्टर दुर्घटना हुँदा बालकको मृत्यु
-
टी-२० विश्वकपमा अब ‘सुपर १०’ को नयाँ संरचना, नेपाल भने सिधा ग्लोबल क्वालिफायरमा
-
बुटवलबाट ६ लाख २२ हजार नक्कली नेपाली रुपैयाँ र मेसिन सहित ६ जना पक्राउ
-
फिफा विश्वकप : अन्तिम चार टोली, कोभन्दा को कम ?
-
देशका अधिकांश भूभागमा वर्षाको सम्भावना
-
नारायणगढ–मुग्लिन सडकमा फेरि पहिरो, अर्को सूचना नभएसम्म सवारी सञ्चालन रोक
-
फिफा विश्वकप : अन्तिम चार टोली, कोभन्दा को कम ?
-
देशका अधिकांश भूभागमा वर्षाको सम्भावना
-
नारायणगढ–मुग्लिन सडकमा फेरि पहिरो, अर्को सूचना नभएसम्म सवारी सञ्चालन रोक
-
प्युठानमा ८० थान भरुवा बन्दुक बरामद
-
अमेरिकी बमबारीपछि खाडीस्थित अमेरिकी सैन्य आधारमा आक्रमण सुरु
-
विभिन्न स्थानमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह






प्रतिक्रिया