

प्रधानमन्त्रीले गरे भाषण बनाए फेक न्युजलाई आधार



काठमाडौं, पुस १९
प्रधानमन्त्री केपी शर्मा ओलीले ‘फेक न्यूज’लाई विषय बनाएर भाषण गरेका छन्।
आइतबार राजधानीको कार्की ब्याङ्क्वेटमा भएको अनेरास्ववियूको भेलामा प्रधानमन्त्री ओलीले प्रचण्ड-नेपाल समूहका नेता भीम रावलले भनेको भन्दै आएको समाचारको विषयमा टिप्पणी गरेका हुन्।
केही दिन अघि रावलले ‘ओलीको शरीरमा स्त्रीको अङ्ग मिसिएकोले दिमागले काम गरेन’ भन्ने भाषण गरेको भन्दै एउटा अनलाइनमा समाचार आएको थियो। तर तथ्य जाँचबाट उक्त समाचार ‘फेक’ भएको खुलेको थियो।
रावलले पनि ट्विट गर्दै त्यसलाई कुप्रचार भनेका थिए।
प्रधानमन्त्री ओलीले भने उक्त फेक समाचारकै विषयमा भाषण गरेका हुन्।
‘एउटा नेताले चर्को भाषण गरेछ। केपी ओलीमा महिलाको किड्नी लगाएर दिमाग नै बिग्रियो भनेर। महिलाको किड्नी लगाउँदा दिमाग बिग्रियो भने महिलाबाट जन्मिएको त्यो मान्छे पहिलेदेखि नै के होला’, ओलीले भने, ‘म त्यतापट्टि जान चाहन्नँ। महिलामाथि कत्रो अपमान हो। महिलाको त किड्नीमात्र लगायो भने पनि मान्छे पागल हुन्छ अरे।’
उनले भाषणमा रावलको नाम भने लिएनन्। तर व्यक्तिगत टिप्पणी गरे।
‘त्यो दिन बेलुका श्रीमतीले कसरी खान दिइन् होला अचम्म लाग्छ। घरमा पुग्दा ढोका खोलेर स्वागत कसरी गरिन् होला। अचम्म लाग्छ। वरिपरि झ्यालबाट हेर्ने दिदी बहिनी महिलाहरूको अगाडि अनुहार कसरी देखाए होलान्?’
ओलीले फेक समाचारको प्रसंग सँगै केही दिन अघि प्रचण्ड–नेपाल पक्षको र्यालीमा राष्ट्रपतिका विषयमा भएको नाराबाजीको विषय उठाए।
‘हुन त त्यो त्यही जमात हो जसले इज्जतको कुरा गर्दैन। एक जना महिला राष्ट्रपति देशले पहिलो पटक पाएको छ। अत्यन्त गरिमामय ढंगले व्यवहार गर्ने। जिम्मेवार व्यवहार गर्ने अत्यन्त शालिन र भद्र महिला । जसमा असाधारण देशभक्तिको भावना छ। लोकतन्त्रको लडाइँबाट खारिएर आउनु भएको महिला हुनुहुन्छ। त्यस्तो महिलालाई राष्ट्रपति पाएको छ। उहाँको इज्जतमाथि हमला गर्ने मान प्रतिष्ठामा धावा बोल्न र उहाँलाई अपमान गर्न तयार भएर नारा लगाउँदै जुलुसमा नेताहरू मुस्कुराउँदै हिँडेको हामीले देखेका छौँ। सरम हुनुपर्ने हो’, ओलीले भने, ‘कमसेकम मर्यादा त राख्नुपर्छ नेताहरूले। आफ्नो जुलुसमा कति सभ्य नाराहरू के-के हुनुपर्छ ध्यान राख्नुपर्छ।’
नेकपा नेता भीम रावलले आधारहीन प्रायोजित र आफूप्रति घृणा फैलाउन प्रेषित सामग्रीमा टिप्पणी गरेबाट प्रधानमन्त्री ओलीले फितलो, भ्रम र झुटको सहारा लिने व्यक्तिका रूपमा पुष्टि गरेको बताए।
‘उहाँले प्रायोजित समाचार आफैं सिर्जना गर्ने, देशको प्रधानमन्त्री नेताले यति सतही र यस्तो काम गर्नुहुन्छ भने उहाँले के देशको नेतृत्व गर्नुहुन्छ’, रावलले भने, ‘राष्ट्रलाई सुविचारित ढंगले अगाडि बढाउनु होला भन्ने कसरी आशा गर्ने?’


खबर सबै
-
कांग्रेसले सातै प्रदेशमा तोक्यो निर्वाचन संयोजक, लुम्बिनीमा कसले पाए जिम्मेवारी ?
-
भैरहवास्थित क्यासिनोमा प्रहरीको छापा, ६ जना पक्राउ
-
महालेखाले थाल्यो ४४ जिल्लाबाट पहिलो चरणको स्थलगत लेखापरीक्षण
-
कृषकको खेती जोगाउने प्रयास : बाँदर धपाउन हेरालु, बँदेल रोक्न काँडेतार
-
एनपीएल च्याम्पियन टोली ‘लुम्बिनी लायन्स’को हस्पिटालिटी पार्टनरमा ‘भिभान्ता’
-
गुल्मीमा महिला मृत फेला, करेन्ट लागेको आशंका
-
कृषकको खेती जोगाउने प्रयास : बाँदर धपाउन हेरालु, बँदेल रोक्न काँडेतार
-
एनपीएल च्याम्पियन टोली ‘लुम्बिनी लायन्स’को हस्पिटालिटी पार्टनरमा ‘भिभान्ता’
-
गुल्मीमा महिला मृत फेला, करेन्ट लागेको आशंका
-
सल्यानमा बोलेरो जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु, चार घाइते
-
लुम्बिनी प्रदेशमा भदाै २९ गते सार्वजनिक बिदा
-
लुम्बिनी सरकारको ठूलो निर्णय : घरेलु कार्यालयमै पाइनेछ यातायात सेवा






प्रतिक्रिया