

पार्टी एकताका बाँकी काम टुङ्ग्याउन माधव नेपालको संयोजकत्वमा कार्यदल गठन




काठमाडौं, पुस १९
नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को प्रचण्ड–नेपाल समूहले पार्टी एकताका बाँकी काम टुङ्ग्याउन अध्यक्ष माधवकुमार नेपालको संयोजकत्वमा कार्यदल बनाएको छ ।
बैठकमा पार्टी एकीकरणका काम पूरा गर्ने, प्रतिनिधि सभा विघटनविरुद्ध घोषित आन्दोलनलाई अझ सशक्त बनाउने लगायतबारे छलफल भएको नेताहरूले बताएका छन् ।
गएको पुस ५ गने प्रतिनिधि सभा विघटनको घोषणा भएसँगै नेकपा दुई समूहमा विभाजित भएको छ । प्रचण्ड–नेपाल समूहले प्रधानमन्त्री ओलीको कदम असंवैधानिक भएको भन्दै एक महिने आन्दोलनका कार्यक्रम घोषणा गरेको छ ।
बैठकमा अध्यक्षद्वय पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपालले नेपाली कम्युनिस्ट आन्दोलनको रक्षाका लागि दृढतापूर्वक अघि बढ्न सबै नेता तथा कार्यकर्तालाई अपिल गर्नुभएको पनि प्रवक्ता श्रेष्ठले बताउनुभयो ।
बैठकमा सरकारले प्रतिनिधि सभाको विघटन गरी चालेको कदमलाई असफल पार्ने विषयमा छलफल भएको पनि प्रवक्ता श्रेष्ठकाे भनाइ छ । बैठकले प्रतिनिधि सभा विघटन कदमको विरुद्धमा भएका सबै पार्टीसँग संयुक्त कार्यक्रम गर्न समन्वय गर्ने निर्णयसमेत गरेको छ ।
आन्दोलनलाई कसरी सशक्त बनाउने भन्नेबारे साेमबार (भोलि) बस्ने स्थायी कमिटी बैठकमा फेरि छलफल गरिने नेताहरूले बताएका छन् ।


खबर सबै
-
डीडीसीमा १२ करोडभन्दा बढी हानि पुर्याएको आरोपमा तत्कालीन महाप्रबन्धकसहित आठ जना पक्राउ
-
एनपीएलमा आज लुम्बिनी र चितवन तथा विराटनगर र सुदूरपश्चिम खेल्ने, वर्षा वाधक बन्न सक्ने
-
धेरै ठाउँमा निरन्तर झरी, आज दिउँसोदेखि चक्रवातको प्रभाव कम हुने
-
बाणगंगा–९ का सामुदायिक वनमा ४ नाल भरुवा बन्दुक बरामद
-
उत्तराखण्डमा छ यात्रु बोकेको हेलिकोप्टर दुर्घटनाग्रस्त, खोजी तथा उद्धार जारी
-
गुल्मीमा ट्याक्टरको ठक्करबाट १२ वर्षीय बालकको मृत्यु
-
बाणगंगा–९ का सामुदायिक वनमा ४ नाल भरुवा बन्दुक बरामद
-
उत्तराखण्डमा छ यात्रु बोकेको हेलिकोप्टर दुर्घटनाग्रस्त, खोजी तथा उद्धार जारी
-
गुल्मीमा ट्याक्टरको ठक्करबाट १२ वर्षीय बालकको मृत्यु
-
एनपीएलमा चम्किँदै नेपाली खेलाडी, बने सबै खेलमा ‘म्याच विनर’
-
अर्नब अवशेष : अब ३० घण्टा सतर्क रहन आग्रह, भोलि बेलुकादेखि वर्षा रोकिने
-
प्रधानमन्त्री बालेन र मोदीले विशेष रेल सेवाको उद्घाटन गर्ने तयारी







प्रतिक्रिया