

पार्टी एकताका बाँकी काम टुङ्ग्याउन माधव नेपालको संयोजकत्वमा कार्यदल गठन




काठमाडौं, पुस १९
नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को प्रचण्ड–नेपाल समूहले पार्टी एकताका बाँकी काम टुङ्ग्याउन अध्यक्ष माधवकुमार नेपालको संयोजकत्वमा कार्यदल बनाएको छ ।
बैठकमा पार्टी एकीकरणका काम पूरा गर्ने, प्रतिनिधि सभा विघटनविरुद्ध घोषित आन्दोलनलाई अझ सशक्त बनाउने लगायतबारे छलफल भएको नेताहरूले बताएका छन् ।
गएको पुस ५ गने प्रतिनिधि सभा विघटनको घोषणा भएसँगै नेकपा दुई समूहमा विभाजित भएको छ । प्रचण्ड–नेपाल समूहले प्रधानमन्त्री ओलीको कदम असंवैधानिक भएको भन्दै एक महिने आन्दोलनका कार्यक्रम घोषणा गरेको छ ।
बैठकमा अध्यक्षद्वय पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपालले नेपाली कम्युनिस्ट आन्दोलनको रक्षाका लागि दृढतापूर्वक अघि बढ्न सबै नेता तथा कार्यकर्तालाई अपिल गर्नुभएको पनि प्रवक्ता श्रेष्ठले बताउनुभयो ।
बैठकमा सरकारले प्रतिनिधि सभाको विघटन गरी चालेको कदमलाई असफल पार्ने विषयमा छलफल भएको पनि प्रवक्ता श्रेष्ठकाे भनाइ छ । बैठकले प्रतिनिधि सभा विघटन कदमको विरुद्धमा भएका सबै पार्टीसँग संयुक्त कार्यक्रम गर्न समन्वय गर्ने निर्णयसमेत गरेको छ ।
आन्दोलनलाई कसरी सशक्त बनाउने भन्नेबारे साेमबार (भोलि) बस्ने स्थायी कमिटी बैठकमा फेरि छलफल गरिने नेताहरूले बताएका छन् ।


खबर सबै
-
यूएईलाई हराउँदै नेपाल प्रिमियर कप च्याम्पियन, एसिया कपमा छनोट
-
कांग्रेसले सातै प्रदेशमा तोक्यो निर्वाचन संयोजक, लुम्बिनीमा कसले पाए जिम्मेवारी ?
-
भैरहवास्थित क्यासिनोमा प्रहरीको छापा, ६ जना पक्राउ
-
महालेखाले थाल्यो ४४ जिल्लाबाट पहिलो चरणको स्थलगत लेखापरीक्षण
-
कृषकको खेती जोगाउने प्रयास : बाँदर धपाउन हेरालु, बँदेल रोक्न काँडेतार
-
एनपीएल च्याम्पियन टोली ‘लुम्बिनी लायन्स’को हस्पिटालिटी पार्टनरमा ‘भिभान्ता’
-
महालेखाले थाल्यो ४४ जिल्लाबाट पहिलो चरणको स्थलगत लेखापरीक्षण
-
कृषकको खेती जोगाउने प्रयास : बाँदर धपाउन हेरालु, बँदेल रोक्न काँडेतार
-
एनपीएल च्याम्पियन टोली ‘लुम्बिनी लायन्स’को हस्पिटालिटी पार्टनरमा ‘भिभान्ता’
-
गुल्मीमा महिला मृत फेला, करेन्ट लागेको आशंका
-
सल्यानमा बोलेरो जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु, चार घाइते
-
लुम्बिनी प्रदेशमा भदाै २९ गते सार्वजनिक बिदा






प्रतिक्रिया