
कपिलवस्तुमा माघी मेलाको तयारी,वाणगंगामा तीन दिन लाग्ने

राजेन्द्र खनाल
पुष १९ कपिलवस्तु ।।
थारु जातिहरुको मुख्य पर्व माघि तथा माघे सक्रान्ति पर्व आउन अब दुई साता मात्रै बाकीँ रहदा कपिलवस्तुमा त्यसको तयारी थालिएको छ ।
कोरोना महामारिका बिचमा यस पटक माघी मेला गत वर्ष भन्दा फरक किसिमले आयोजना गर्ने तयारी गरिएको थारु कल्याणकारिणी सभा कपिलवस्तुका जिल्ला अध्यक्ष उमाशंकर प्रसाद थारुले बताउनुभयो ।

कपिलवस्तुको वाणगंगा नगरपालिकामा माघ २, ३ र ४ गते शिवरात्री मेला स्थल हथौसामा माघी मेला आयोजना हुने गरी थारु कल्याणकारीणी सभा वाणगंगा नगर कार्यसमितिले तय गरेको जनाएको छ । यस वर्ष गत वर्षजस्तो भव्यताका साथ सासंकृतिक कार्यक्रम गर्नुको साटो जनचेतनामूलक किसिमले रक्तदान कार्यक्रम गर्ने, थारु संग्राहलयका कुराहरुको प्रचारप्रसार गर्ने र थारु जातिको सगठात्मक अवस्थालाई मजवुत गराउने गरी तयारी भईरहेको उहाँले बताउनुभयो ।
यस वर्ष वडा गत रुपमा मेला आयोजना हुने छैनन् । त्यस्तै वाणगंगा नगरपालिकामा माघी मेलाको तय भए पनि बुद्धभुमि नगरपालिका र शिवराज नगरपालिकामा भने अझै तय नभएको बताइएको छ । यसैबिच उता थारु जातिको उल्लेख्य जनसंख्या रहकेो दाङ जिल्लाका विभिन्न धार्मिकस्थलमा लाग्ने माघे सङ्क्रान्ति (माघी) मेला भने यस वर्ष प्रभावित हुने भएका छन् । कोभिड–१९ सङ्क्रमण फैलिन सक्ने भन्दै धार्मिकस्थलहरूमा माघे सङ्क्रान्तिमा लाग्ने मेला प्रभावित हुने भएका हुन् ।
घोराही उपमहानगरपालिका–१३ को बाह्रकुने दह र लमही नगरपालिका–९ स्थित बगारबाबा धार्मिकस्थल रिहारमा हरेक वर्ष माघ १ गते मेला लाग्ने गर्छन् । यो वर्ष यी दुवै स्थानमा जनस्वास्थ्यको सुरक्षा कारण देखाएर मेला नलाग्ने भएको हो ।


खबर सबै
-
श्रृङ्गीघाट सामुदायिक वनले दियाे अनुदानमा ई- रिक्सा,महिला उद्धमीलाई प्राेत्साहन
-
सरकारले गर्याे मन्त्रीपरिषद्बाट महत्वपूर्ण ७ निर्णय
-
अर्घाखाँचीको इतिहास : दुई राजाको सालिक निर्माण
-
ट्याक्टर दुर्घटना हुँदा बालकको मृत्यु
-
टी-२० विश्वकपमा अब ‘सुपर १०’ को नयाँ संरचना, नेपाल भने सिधा ग्लोबल क्वालिफायरमा
-
बुटवलबाट ६ लाख २२ हजार नक्कली नेपाली रुपैयाँ र मेसिन सहित ६ जना पक्राउ
-
ट्याक्टर दुर्घटना हुँदा बालकको मृत्यु
-
टी-२० विश्वकपमा अब ‘सुपर १०’ को नयाँ संरचना, नेपाल भने सिधा ग्लोबल क्वालिफायरमा
-
बुटवलबाट ६ लाख २२ हजार नक्कली नेपाली रुपैयाँ र मेसिन सहित ६ जना पक्राउ
-
फिफा विश्वकप : अन्तिम चार टोली, कोभन्दा को कम ?
-
देशका अधिकांश भूभागमा वर्षाको सम्भावना
-
नारायणगढ–मुग्लिन सडकमा फेरि पहिरो, अर्को सूचना नभएसम्म सवारी सञ्चालन रोक






प्रतिक्रिया