
वैशाखमा हुने निर्वाचनमा विजय प्राप्त गर्छाै : मुख्यमन्त्री पोख्रेल

पुष १९ दाङ ।
नेपाल कम्युनिष्ट पार्टी ओली समूहका स्थायी कमिटी सदस्य तथा लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोख्रेलले वैशाखमा हुने निर्वाचनमा प्रधानमन्त्री केपी शर्मा ओलीको नेतृत्वमा भाग लिने र जनताको मतले विजय प्राप्त हुने बताएका छन्।
दाङको लमहीमा ओली पक्षीय कार्यकर्ता भेलामा उनले चुनावमा सानदार विजय हासिल हुने दावी गरे । ‘चुनाव हुन्छ । जनताको बीचमा गएर सानदार मतले विजय प्राप्त हुन्छ’, उनले भने– ‘देश विकास गर्न बलियो प्रधानमन्त्री चाहिन्छ । त्यही बलियो प्रधानमन्त्री बनाउन चुनावमा गएका हौं ।’
नेपाल कम्युनिष्ट पार्टी नेकपा लमही नगर कमिटीका अध्यक्ष तथा लमही नगरपालिकाका प्रमुख कुलबहादुर केसीको अध्यक्षता तथा मुख्यमन्त्री शंकर पोख्रेलको प्रमुख आतिथ्यतामा भएको कार्यक्रमलाई बिशिष्ट अतिथि नेपाल कम्युनिष्ट पार्टी ओली समूहका केन्द्रीय सदस्य तथा लुम्बिनी प्रदेश सभा सदस्य रेवतीरमण शर्माले निर्वाचनबाट नै लोकतन्त्र बलियो हुने बताए। सरकारले निर्वाचनमा जाने निर्णय गरेर अहिले सम्मको उपलब्धीको रक्षा गर्ने काम गरेको दावी पनि उनले गरे।


खबर सबै
-
ट्याक्टर दुर्घटना हुँदा बालकको मृत्यु
-
टी-२० विश्वकपमा अब ‘सुपर १०’ को नयाँ संरचना, नेपाल भने सिधा ग्लोबल क्वालिफायरमा
-
बुटवलबाट ६ लाख २२ हजार नक्कली नेपाली रुपैयाँ र मेसिन सहित ६ जना पक्राउ
-
फिफा विश्वकप : अन्तिम चार टोली, कोभन्दा को कम ?
-
देशका अधिकांश भूभागमा वर्षाको सम्भावना
-
नारायणगढ–मुग्लिन सडकमा फेरि पहिरो, अर्को सूचना नभएसम्म सवारी सञ्चालन रोक
-
फिफा विश्वकप : अन्तिम चार टोली, कोभन्दा को कम ?
-
देशका अधिकांश भूभागमा वर्षाको सम्भावना
-
नारायणगढ–मुग्लिन सडकमा फेरि पहिरो, अर्को सूचना नभएसम्म सवारी सञ्चालन रोक
-
प्युठानमा ८० थान भरुवा बन्दुक बरामद
-
अमेरिकी बमबारीपछि खाडीस्थित अमेरिकी सैन्य आधारमा आक्रमण सुरु
-
विभिन्न स्थानमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह






प्रतिक्रिया