

वैशाखमा हुने निर्वाचनमा विजय प्राप्त गर्छाै : मुख्यमन्त्री पोख्रेल



पुष १९ दाङ ।
नेपाल कम्युनिष्ट पार्टी ओली समूहका स्थायी कमिटी सदस्य तथा लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोख्रेलले वैशाखमा हुने निर्वाचनमा प्रधानमन्त्री केपी शर्मा ओलीको नेतृत्वमा भाग लिने र जनताको मतले विजय प्राप्त हुने बताएका छन्।
दाङको लमहीमा ओली पक्षीय कार्यकर्ता भेलामा उनले चुनावमा सानदार विजय हासिल हुने दावी गरे । ‘चुनाव हुन्छ । जनताको बीचमा गएर सानदार मतले विजय प्राप्त हुन्छ’, उनले भने– ‘देश विकास गर्न बलियो प्रधानमन्त्री चाहिन्छ । त्यही बलियो प्रधानमन्त्री बनाउन चुनावमा गएका हौं ।’
नेपाल कम्युनिष्ट पार्टी नेकपा लमही नगर कमिटीका अध्यक्ष तथा लमही नगरपालिकाका प्रमुख कुलबहादुर केसीको अध्यक्षता तथा मुख्यमन्त्री शंकर पोख्रेलको प्रमुख आतिथ्यतामा भएको कार्यक्रमलाई बिशिष्ट अतिथि नेपाल कम्युनिष्ट पार्टी ओली समूहका केन्द्रीय सदस्य तथा लुम्बिनी प्रदेश सभा सदस्य रेवतीरमण शर्माले निर्वाचनबाट नै लोकतन्त्र बलियो हुने बताए। सरकारले निर्वाचनमा जाने निर्णय गरेर अहिले सम्मको उपलब्धीको रक्षा गर्ने काम गरेको दावी पनि उनले गरे।


खबर सबै
-
डीडीसीमा १२ करोडभन्दा बढी हानि पुर्याएको आरोपमा तत्कालीन महाप्रबन्धकसहित आठ जना पक्राउ
-
एनपीएलमा आज लुम्बिनी र चितवन तथा विराटनगर र सुदूरपश्चिम खेल्ने, वर्षा वाधक बन्न सक्ने
-
धेरै ठाउँमा निरन्तर झरी, आज दिउँसोदेखि चक्रवातको प्रभाव कम हुने
-
बाणगंगा–९ का सामुदायिक वनमा ४ नाल भरुवा बन्दुक बरामद
-
उत्तराखण्डमा छ यात्रु बोकेको हेलिकोप्टर दुर्घटनाग्रस्त, खोजी तथा उद्धार जारी
-
गुल्मीमा ट्याक्टरको ठक्करबाट १२ वर्षीय बालकको मृत्यु
-
बाणगंगा–९ का सामुदायिक वनमा ४ नाल भरुवा बन्दुक बरामद
-
उत्तराखण्डमा छ यात्रु बोकेको हेलिकोप्टर दुर्घटनाग्रस्त, खोजी तथा उद्धार जारी
-
गुल्मीमा ट्याक्टरको ठक्करबाट १२ वर्षीय बालकको मृत्यु
-
एनपीएलमा चम्किँदै नेपाली खेलाडी, बने सबै खेलमा ‘म्याच विनर’
-
अर्नब अवशेष : अब ३० घण्टा सतर्क रहन आग्रह, भोलि बेलुकादेखि वर्षा रोकिने
-
प्रधानमन्त्री बालेन र मोदीले विशेष रेल सेवाको उद्घाटन गर्ने तयारी







प्रतिक्रिया