

गलत ढंगले चलेपछि पार्टीबाट ओलीलाई निकाल्न परेको होः पूर्वमन्त्री भट्टराई



काठमाडौं , पुस १८
नेकपा नेता योगेश भट्टराईले प्रधानमन्त्री केपी शर्मा ओलीलाई अवसरवादी र दक्षिणपन्थी भएको संज्ञा दिएका छन् । बिर्तामोडमा आयोजित विरोधसभामा भट्टराईले प्रधानमन्त्री ओलीको राजनीतिक जीवन खतरामा परेकोसमेत बताए ।
उनले ओलीले आफ्नो राजनीतिक जीवन, पार्टी र मुलुकलाई ठूलो दुर्घटनामा पारेको टिप्पणी गरे । ‘हाम्रो संघर्ष ओलीको अन्त्यको लागि होइन । उहाँ (ओली) को राजनीतिक जीवन रक्षाको लागि हो’ उनले भने, ‘कम्युनिस्ट पार्टीको कार्यकर्ता तथा पार्टी र मुलुक निर्माणका लागि लामो समय सँगै हिँडेकाले पनि उहाँको जीवन रक्षा गर्नुपर्ने हाम्रो जिम्मेवारी हो ।’
नेता भट्टराईले क्याप्टेन (केपी ओली) ले गलत दिशामा जहाज उडाएकोले पार्टी र मुलुक दुर्घटना तर्फ मोडिएको बताए । ‘तर, हामीसँग अर्का क्याप्टेन ९प्रचण्ड० पनि छन् । त्यसैले जहाज दुर्घटनामा पर्दैनन्,’ उनले भने, ‘अब जहाजलाई गन्तव्यमा पुर्याउन केही समय लाग्ला । तर, हामी सुरक्षित अवतरण हुन्छौँ ।’
उनले अघि भने, ‘एक जना क्याप्टेनले विमान दुर्घटना गराए पनि अर्का क्याप्टेनलाई साथ दिनु तपाईँरहाम्रो दायित्व हो । गलत गर्ने पाइलटलाई कक्पिटबाट निकालिदिएका छौँ ।’ झापा अवसरवाद र दक्षिणपन्थीको जिल्ला नभई क्रान्तिकारीको जिल्ला भएको उल्लेख गर्दै उनले ओलीले आफ्नो अधिनायकवादी चरित्र उदांगो पारेको बताए । प्रतिनिधि सभा प्रधानमन्त्री ओलीले खाइदिएको र जनताका प्रतिनिधिको थलो खाने अधिकार उनलाई नभएको भट्टराईको भनाइ थियो ।
उनले भने, ‘तर फेरि पनि पार्टी एकताबद्ध हुनुपर्छ भनेर हामी भन्न चाहन्छौँ ।’ उनले पार्टीका कार्यकर्तालाई संयमित हुन पनि आग्रह गरे । ओलीलाई पार्टीभित्र गरिएको अनुनयबिनय भैँसीका अघि बिनायो बजाएको जस्तो मात्रै भएको नेता भट्टराईले बताए । प्रतिनिधिसभामा ओलीलाई कहिल्यै धोका नदिएको र नभएको बताएका उनले गलत कुरा नगर्न ओलीलाई सचेत गराए ।
देशलाई गम्भीर मुठभेडतर्फ नधकेल्न प्रधानमन्त्रीलाई आग्रह गरेका भट्टराईले जे मनलाग्यो त्यही नगर्न आग्रह गरे । संविधान सर्वोच्चता र कानुनी राज्यको ओलीले धज्जी उडाएको बताउँदै ओलीले अध्यादेशमार्फत पार्टी फुटाउने र एमाले ब्युँताउन खोजेको भट्टराईले बताए । नेता भट्टराईले ओलीलाई म भइन भने अरूलाई पनि सक्छु भन्ने भष्मासुर शैली त्याग्न आग्रह गरे ।


खबर सबै
-
डीडीसीमा १२ करोडभन्दा बढी हानि पुर्याएको आरोपमा तत्कालीन महाप्रबन्धकसहित आठ जना पक्राउ
-
एनपीएलमा आज लुम्बिनी र चितवन तथा विराटनगर र सुदूरपश्चिम खेल्ने, वर्षा वाधक बन्न सक्ने
-
धेरै ठाउँमा निरन्तर झरी, आज दिउँसोदेखि चक्रवातको प्रभाव कम हुने
-
बाणगंगा–९ का सामुदायिक वनमा ४ नाल भरुवा बन्दुक बरामद
-
उत्तराखण्डमा छ यात्रु बोकेको हेलिकोप्टर दुर्घटनाग्रस्त, खोजी तथा उद्धार जारी
-
गुल्मीमा ट्याक्टरको ठक्करबाट १२ वर्षीय बालकको मृत्यु
-
बाणगंगा–९ का सामुदायिक वनमा ४ नाल भरुवा बन्दुक बरामद
-
उत्तराखण्डमा छ यात्रु बोकेको हेलिकोप्टर दुर्घटनाग्रस्त, खोजी तथा उद्धार जारी
-
गुल्मीमा ट्याक्टरको ठक्करबाट १२ वर्षीय बालकको मृत्यु
-
एनपीएलमा चम्किँदै नेपाली खेलाडी, बने सबै खेलमा ‘म्याच विनर’
-
अर्नब अवशेष : अब ३० घण्टा सतर्क रहन आग्रह, भोलि बेलुकादेखि वर्षा रोकिने
-
प्रधानमन्त्री बालेन र मोदीले विशेष रेल सेवाको उद्घाटन गर्ने तयारी







प्रतिक्रिया