

भारतका हरेक व्यक्तिलाई नेपालको प्रधानमन्त्रीको नाम थाहा छः ओली



काठमाडौं , पुस १८
प्रधानमन्त्री केपी शर्मा ओलीले भारतका हरेक मानिसलाई नेपालको प्रधानमन्त्रीको नाम थाहा भएको बताएका छन् । शनिबार काठमाडौमा आफू पक्षीय कार्यकर्ता भेलालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले आफ्ना कारण नेपालको नाम अन्तराष्ट्रिय स्तरमा चिनाउन आफू सफल भएको र भारतका हरेक मानिसले नेपालको प्रधानमन्त्रीको नाम कण्ठ भएको बताएका हुन् ।
प्रधानमन्त्री ओलीले आफ्नो कार्यकालमा धेरै विकासका काम भएको भन्दै आफ्नै तारिफ गरेका हुन् । उनले आफ्नो नेतृत्वमा रानीपोखरी र धरहरा २२ तला बनिसकेको बताए ।
‘यसवीचमा असाधारण र दुनियाँ आश्चयचकित हुननेगरी आर्थिक बृद्धि र प्रगति भएको छ । विश्वमा नेपाल कहाँ छ रु थाहा थिएन । अहिले नेपाल कहाँ छ, थाहा छ । पहिले नेपालको प्रधानमन्त्रीको चर्चा पनि हुँदैनथियो । अहिले भारतका हरेका मानिसलाई नेपालको प्रधानमन्त्रीको नाम सोध्यो भने कण्ठै छ’ प्रधानमन्त्री ओलीको भनाई छ । उनले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले पनि सम्मृद्ध नेपाल र सुखी नेपालीको नारा ठिक छ भनेको भन्दै चिनियाँ राष्ट्रपतिले समेत यो राष्ट्रिय आकाँक्षा ठिक भएको र सहयोग गर्ने प्रतिवद्धता जनाएको उल्लेख गरे ।
भाषणको अधिकाँश समय ओलीले प्रचण्ड नेपालको आलोचना गर्न र आफूले गरेका कामको प्रशंसामा विताएका थिए ।
उनले सुरुगमार्ग,रेलमार्ग सडकमार्ग धमाधम भइरहको भन्दै अन्तराष्ट्रिय सम्बन्धमा पनि विस्तार भएको बताए ।


खबर सबै
-
डीडीसीमा १२ करोडभन्दा बढी हानि पुर्याएको आरोपमा तत्कालीन महाप्रबन्धकसहित आठ जना पक्राउ
-
एनपीएलमा आज लुम्बिनी र चितवन तथा विराटनगर र सुदूरपश्चिम खेल्ने, वर्षा वाधक बन्न सक्ने
-
धेरै ठाउँमा निरन्तर झरी, आज दिउँसोदेखि चक्रवातको प्रभाव कम हुने
-
बाणगंगा–९ का सामुदायिक वनमा ४ नाल भरुवा बन्दुक बरामद
-
उत्तराखण्डमा छ यात्रु बोकेको हेलिकोप्टर दुर्घटनाग्रस्त, खोजी तथा उद्धार जारी
-
गुल्मीमा ट्याक्टरको ठक्करबाट १२ वर्षीय बालकको मृत्यु
-
बाणगंगा–९ का सामुदायिक वनमा ४ नाल भरुवा बन्दुक बरामद
-
उत्तराखण्डमा छ यात्रु बोकेको हेलिकोप्टर दुर्घटनाग्रस्त, खोजी तथा उद्धार जारी
-
गुल्मीमा ट्याक्टरको ठक्करबाट १२ वर्षीय बालकको मृत्यु
-
एनपीएलमा चम्किँदै नेपाली खेलाडी, बने सबै खेलमा ‘म्याच विनर’
-
अर्नब अवशेष : अब ३० घण्टा सतर्क रहन आग्रह, भोलि बेलुकादेखि वर्षा रोकिने
-
प्रधानमन्त्री बालेन र मोदीले विशेष रेल सेवाको उद्घाटन गर्ने तयारी







प्रतिक्रिया