

ट्याक्टरलाई ठक्कर दिएर यात्रुबाहक बस पसलमा पस्यो, १ जनाको मृत्यु



काठमाडौँ, पुस १८
बाँकेको नेपालगञ्ज उप–महानगरपालिका स्थित कारकाँदोमा डरलाग्दो दुर्घटना भएको छ । नेपालगञ्जबाट कोहलपुरतिर जाँदै गरेको बसेले उप–महानगर–१८ मा रहेको एसके पेट्रोल पम्प नजिकै पहिले ट्याक्टरलाई ठक्कर दियो ।
ना.५ख ५७७३ नम्बरको बसको ठक्करले ट्याटरले फन्को मारेको दृश्य सिसिटिभी फुटेजमा देखिन्छ । अनि, अनियन्त्रित हुँदै बस पसलमा पस्यो । दुर्घटनामा परेर आटोको शोरुममा बसिरहेका नेपालगञ्ज उपमहानगर–१३ बस्ने बिक्रम वृजबासीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रवक्ता (डिएसपी) सुवास खड्काले बताए ।
बसले शुरुमा ठक्कर दिएको भे.१च ५१३४ नम्बरको ट्याक्टर चालक लडेर फेरि दौडिँदै चालक सिटमा चढेको सिसिटिभी फुटेजमा देखिन्छ ।
शुक्रबार भएको सो दुर्घटनामा परेर ७ जना घाइते भएका छन् । उनीहरुको नेपालगञ्ज नर्सिङहोममा उपचार भइरहेको छ । बस चालक राजकुमार बाल्मिकीलाई पक्राउ गरिएको डिएसपी खड्काले बताए ।


खबर सबै
-
डीडीसीमा १२ करोडभन्दा बढी हानि पुर्याएको आरोपमा तत्कालीन महाप्रबन्धकसहित आठ जना पक्राउ
-
एनपीएलमा आज लुम्बिनी र चितवन तथा विराटनगर र सुदूरपश्चिम खेल्ने, वर्षा वाधक बन्न सक्ने
-
धेरै ठाउँमा निरन्तर झरी, आज दिउँसोदेखि चक्रवातको प्रभाव कम हुने
-
बाणगंगा–९ का सामुदायिक वनमा ४ नाल भरुवा बन्दुक बरामद
-
उत्तराखण्डमा छ यात्रु बोकेको हेलिकोप्टर दुर्घटनाग्रस्त, खोजी तथा उद्धार जारी
-
गुल्मीमा ट्याक्टरको ठक्करबाट १२ वर्षीय बालकको मृत्यु
-
बाणगंगा–९ का सामुदायिक वनमा ४ नाल भरुवा बन्दुक बरामद
-
उत्तराखण्डमा छ यात्रु बोकेको हेलिकोप्टर दुर्घटनाग्रस्त, खोजी तथा उद्धार जारी
-
गुल्मीमा ट्याक्टरको ठक्करबाट १२ वर्षीय बालकको मृत्यु
-
एनपीएलमा चम्किँदै नेपाली खेलाडी, बने सबै खेलमा ‘म्याच विनर’
-
अर्नब अवशेष : अब ३० घण्टा सतर्क रहन आग्रह, भोलि बेलुकादेखि वर्षा रोकिने
-
प्रधानमन्त्री बालेन र मोदीले विशेष रेल सेवाको उद्घाटन गर्ने तयारी







प्रतिक्रिया