

ट्याक्टरलाई ठक्कर दिएर यात्रुबाहक बस पसलमा पस्यो, १ जनाको मृत्यु



काठमाडौँ, पुस १८
बाँकेको नेपालगञ्ज उप–महानगरपालिका स्थित कारकाँदोमा डरलाग्दो दुर्घटना भएको छ । नेपालगञ्जबाट कोहलपुरतिर जाँदै गरेको बसेले उप–महानगर–१८ मा रहेको एसके पेट्रोल पम्प नजिकै पहिले ट्याक्टरलाई ठक्कर दियो ।
ना.५ख ५७७३ नम्बरको बसको ठक्करले ट्याटरले फन्को मारेको दृश्य सिसिटिभी फुटेजमा देखिन्छ । अनि, अनियन्त्रित हुँदै बस पसलमा पस्यो । दुर्घटनामा परेर आटोको शोरुममा बसिरहेका नेपालगञ्ज उपमहानगर–१३ बस्ने बिक्रम वृजबासीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रवक्ता (डिएसपी) सुवास खड्काले बताए ।
बसले शुरुमा ठक्कर दिएको भे.१च ५१३४ नम्बरको ट्याक्टर चालक लडेर फेरि दौडिँदै चालक सिटमा चढेको सिसिटिभी फुटेजमा देखिन्छ ।
शुक्रबार भएको सो दुर्घटनामा परेर ७ जना घाइते भएका छन् । उनीहरुको नेपालगञ्ज नर्सिङहोममा उपचार भइरहेको छ । बस चालक राजकुमार बाल्मिकीलाई पक्राउ गरिएको डिएसपी खड्काले बताए ।


खबर सबै
-
नेपालमा २४.५ प्रतिशत वयस्कमा उच्च रक्तचाप
-
सुन तोलाको ४५ सयले घट्यो, चाँदीमा पनि गिरावट
-
अधिक मास (मलमास) सुरु : धार्मिक साधना, दान र आत्म चिन्तनको विशेष महिना
-
बर्दियाको राजापुरमा रुखले च्यापिँदा एक जनाको मृत्यु
-
रूपन्देहीमा मोटरसाइकल दुर्घटनामा परेर एक जनाको मृत्यु
-
कपिलवस्तुमा बलात्कार मुद्दा दबाउन ‘जग्गा विवाद’को नाटक, पूर्व वडा अध्यक्षसहित चार जना पक्राउ
-
बर्दियाको राजापुरमा रुखले च्यापिँदा एक जनाको मृत्यु
-
रूपन्देहीमा मोटरसाइकल दुर्घटनामा परेर एक जनाको मृत्यु
-
कपिलवस्तुमा बलात्कार मुद्दा दबाउन ‘जग्गा विवाद’को नाटक, पूर्व वडा अध्यक्षसहित चार जना पक्राउ
-
लुम्बिनीका १२ वटै जिल्लाबाट यातायात व्यवस्था सम्बन्धी सेवा प्रवाह हुने
-
दुई दिन बिदा दिने निर्णयपछि विद्यालय पठनपाठन सञ्चालनका लागि नयाँ व्यवस्था
-
स्थानीय तहको कुल बेरुजु २ खर्ब ९ अर्ब २८ करोड ९१ लाख रुपैयाँ पुग्यो











प्रतिक्रिया