
संसद विघटन राजनीतिक ‘कू’ र प्रतिगमन रोक्ने प्रधानमन्त्रीको साहसिक कदम हो: गृहमन्त्री वादल

काठमाडौँ, पुस १८
गृहमन्त्री रामबहादुर थापाले संसदमा बहुमत बनाएर अविश्वासको प्रस्ताव दर्ता गरी राजनीतिक ‘कू’ गर्न खोजेपछि प्रधानमन्त्रीले संसद विघटन गरेको आरोप लगाएका छन्। उनले संसदले आफ्नै नेतृत्वलाई विस्थापित गर्न खोजेपछि प्रधानमन्त्रीले विघटन गरेको बताए।
प्रधानमन्त्री केपी ओलीनिकटहरूको राजधानीमा जारी भेलामा बोल्दै थापाले प्रधानमन्त्रीले संवैधानिक नभएर राजनीतिक कदम चालेको र त्यो निकै साहसिक कदम भएको दाबी गरे।
‘संसद जहाँ नेकपाको दुई तिहाइ मत छ। स्थिरताको संयन्त्र थियो। अस्थिरताको संयन्त्रमा परिणत गरी आफ्नै नेतृत्वलाई विस्थापित गर्ने भएपछि उहाँले प्रधानमन्त्रीको विशेषाधिकार प्रयोग गर्नुभयो,’ उनले भने, ‘यो संवैधानिक भन्दा पनि राजनीतिक हो। राजनीतिक ‘कू’ र प्रतिगमनलाई रोक्ने साहसिक कदम हो।’
नले नेकपामा विग्रह आउनुको कारण ‘पावर सेयरिङ’ र सत्ता लोलुपता भएको बताए। प्रधानमन्त्री ओलीलाई हटाउनको लागि अर्का अध्यक्षले कृत्रिम आरोप समेत लगाएको बताए।
‘कमरेडहरूले पार्टीको अध्यक्षलाई कमरेडको रुपमा नभएर अपराधीको हदसम्म लगेर काबाहीको हकसम्म लग्नुभयो,’ उनले भने, ‘उहाँलाई देशको एउटा प्रमुखलाई नेताको रुपमा हैन। अपराधीको रुपमा खडा गर्नुभयो। प्रधानमन्त्रीबाट हटाउने योजना बनाउनुभयो।’
उनले उक्त आरोप सही, उचित नभएको बताए। ‘अहिले पार्टीको अध्यक्षलाई हटाउने कुरा सोचले पार्टीलाई विभाजनतिर लान्छ। विघटनतिर लैजान्छ। आरोप फिर्ता लिनुस्। कमीकमजोरी छन् भने आत्मआलोचना गरौं। विधिसम्मत् ढंगले महाधिवेशनको तर्फबाट अध्यक्ष हटाइन्छ। अहिले प्रधानमन्त्रीलाई कार्यकाल पूरा नहुँदै हटाउनु उचित हुँदैन भन्दा मान्नुभएन,’ थापाले भने।


खबर सबै
-
ट्याक्टर दुर्घटना हुँदा बालकको मृत्यु
-
टी-२० विश्वकपमा अब ‘सुपर १०’ को नयाँ संरचना, नेपाल भने सिधा ग्लोबल क्वालिफायरमा
-
बुटवलबाट ६ लाख २२ हजार नक्कली नेपाली रुपैयाँ र मेसिन सहित ६ जना पक्राउ
-
फिफा विश्वकप : अन्तिम चार टोली, कोभन्दा को कम ?
-
देशका अधिकांश भूभागमा वर्षाको सम्भावना
-
नारायणगढ–मुग्लिन सडकमा फेरि पहिरो, अर्को सूचना नभएसम्म सवारी सञ्चालन रोक
-
फिफा विश्वकप : अन्तिम चार टोली, कोभन्दा को कम ?
-
देशका अधिकांश भूभागमा वर्षाको सम्भावना
-
नारायणगढ–मुग्लिन सडकमा फेरि पहिरो, अर्को सूचना नभएसम्म सवारी सञ्चालन रोक
-
प्युठानमा ८० थान भरुवा बन्दुक बरामद
-
अमेरिकी बमबारीपछि खाडीस्थित अमेरिकी सैन्य आधारमा आक्रमण सुरु
-
विभिन्न स्थानमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह






प्रतिक्रिया