

फ्रान्समा निशेधाज्ञा थपियो





एजेन्सी ।
फ्रान्समा कोरोना भाइरसको सङ्क्रमण बढ्दै गएपछि निषेधाज्ञा थपिएको छ ।
संक्रमण नियन्त्रणका लागि देशका विभिन्न १५ क्षेत्रमा रात्रिकालिन निशेधाज्ञा थप गरिएको फ्रान्स सरकारले जनाएको छ ।
सरकारले साविकको ८ बजेपछिको निशेधाज्ञालाई ६ बजेबाट सुरू गर्ने बताएको छ । कोरोनाका कारण बढी प्रभावित मुलुकको भूमध्यसागरीय क्षेत्रस्थित प्रमुख सहर निसलगायतका स्थानमा यो नियम लागु हुनेछ ।
राजधानी पेरिस तथा पेरिसपूर्वका क्षेत्रमा भने सङ्क्रमण नियन्त्रणका लागि अपनाइएको थप नियम बाध्यकारी हुनेछैन ।
‘फ्रान्समा कोरोनाभाइरसको फैलावटमा निरन्तरता देखिएको तर क्षेत्रगतरूपमा यसको प्रभाव कम र बढी रहेकोले बढी प्रभावित क्षेत्रमा साँझ ६ बजेदेखि नै अतिआवश्यक बाहेकका गतिविधिमा रोक लगाइएको छ,’ सरकारका प्रवक्ता गाब्रियल अतलले नयाँ कदमबारे जानकारी गराउँदै भने ।
उनलाई उद्धृत गरी फ्रान्सको टीएफ–वनद्वारा प्रसारित समाचारमा भनिएको छ, ‘यदि निश्चित क्षेत्रमा अवस्था थप विग्रँदो भएमा हामीले आवश्यक निर्णय लिनेछौँ ।’
फ्रान्समा २६ लाख ३९ हजारभन्दा बढी संक्रमित भएका छन् । त्यसमध्ये ६४ हजार ७६५ जनाको मृत्यु भएको छ ।
संक्रमण बढे पनि फ्रान्समा खोपको आकर्षण पनि छैन । टीएफ–वनका अनुसार फ्रान्सले गत हप्ताको अन्त्यमा कोभिड–१९ विरुद्धको खोप सर्वसाधारणको प्रयोगका लागि अनुमति दिए पनि अहिलेसम्म फ्रान्समा ३३२ जनाले मात्र खोप सेवा लिइसकेका छन् ।


खबर सबै
-
विश्वकप लिग-२ : नेपाल र यूएई भिड्दै
-
आज २५७०औँ बुद्ध जयन्ती, बुद्ध जन्मस्थल लुम्बिनीमा विशेष पूजा
-
खाना पकाउने एलपी ग्यासको मूल्य बढ्यो
-
करिब ४० किलोमिटर लामो ‘धानखोला–लमही’ सडक स्तरोन्नति सुरू
-
अभावबाट उठेको हिम्मत : सानो व्यवसायले ठूलो परिवार धानेका ‘इन्द्र’
-
रोल्पा जिप दुर्घटनामा परी मृत्यु हुनेको संख्या २० पुग्याे











प्रतिक्रिया