अन्ततः मैले प्रधानमन्त्री ओलीको अग्रगमनलाई साथ दिए : गृहमन्त्री

काठमाडौं, पुस १७

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) नेता एवं गृहमन्त्री रामबहादुर थापाले प्रतिगमन विरुद्ध प्रतिनिधिसभा विघटन गरिएको बताउनुभएको छ । शुक्रबार ललितपुरमा आयोजित कार्यकर्ता भेलालाई सम्बोधन गर्दै थापाले संसद बिघटन अग्रगामी ठूलो राजनीतिक कदम भएको बताउनुभयो ।

उहाँले अबको राजनीतिक कोर्स कम्युनिष्ट आन्दोलनलाई एकतावद्ध बनाउने तर्फ अघि बढेको समेत उल्लेख गर्नुभयो । पूर्वमाओवादी पृष्ठभूमिबाट आउनुभएका थापाले पार्टीभित्रकै नेताहरुको अवसरवादलाई टेकेर देशी बिदेशी शक्तिले नेकपा टुक्राउन सफल बनेको तर्क गर्नुभयो ।

उहाँले जनताको बलमा नै राष्ट्रको रक्षा गर्न सक्ने भएकाले पार्टी नेतृत्वले मध्यावधि निर्वाचनमा जाने निर्णय गरेको उल्लेख गर्नुभयो । थापाले निर्वाचनको तयारीमा जुट्न कार्यकर्तालाई निर्देशन पनि दिनुभयो ।

नेता थापाले नेकपा भित्रको विभाजनलाई अग्रगमन र प्रतिगमनको संज्ञा दिँदै आफू प्रधानमन्त्री ओलीको अग्रगमनलाई साथ दिने निष्कर्षमा पुगेको बताउनुभयो । त्यस्तै कृषिमन्त्री कृष्णगोपाल श्रेष्ठले सत्ताकव्जा गर्ने र नयाँ तानाशाह जन्मनबाट रोक्न संसद बिघटन गर्नुपरेको बताउनुभयो ।

प्रतिक्रिया

खबर सबै