

अन्ततः मैले प्रधानमन्त्री ओलीको अग्रगमनलाई साथ दिए : गृहमन्त्री



काठमाडौं, पुस १७
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) नेता एवं गृहमन्त्री रामबहादुर थापाले प्रतिगमन विरुद्ध प्रतिनिधिसभा विघटन गरिएको बताउनुभएको छ । शुक्रबार ललितपुरमा आयोजित कार्यकर्ता भेलालाई सम्बोधन गर्दै थापाले संसद बिघटन अग्रगामी ठूलो राजनीतिक कदम भएको बताउनुभयो ।
उहाँले अबको राजनीतिक कोर्स कम्युनिष्ट आन्दोलनलाई एकतावद्ध बनाउने तर्फ अघि बढेको समेत उल्लेख गर्नुभयो । पूर्वमाओवादी पृष्ठभूमिबाट आउनुभएका थापाले पार्टीभित्रकै नेताहरुको अवसरवादलाई टेकेर देशी बिदेशी शक्तिले नेकपा टुक्राउन सफल बनेको तर्क गर्नुभयो ।
उहाँले जनताको बलमा नै राष्ट्रको रक्षा गर्न सक्ने भएकाले पार्टी नेतृत्वले मध्यावधि निर्वाचनमा जाने निर्णय गरेको उल्लेख गर्नुभयो । थापाले निर्वाचनको तयारीमा जुट्न कार्यकर्तालाई निर्देशन पनि दिनुभयो ।
नेता थापाले नेकपा भित्रको विभाजनलाई अग्रगमन र प्रतिगमनको संज्ञा दिँदै आफू प्रधानमन्त्री ओलीको अग्रगमनलाई साथ दिने निष्कर्षमा पुगेको बताउनुभयो । त्यस्तै कृषिमन्त्री कृष्णगोपाल श्रेष्ठले सत्ताकव्जा गर्ने र नयाँ तानाशाह जन्मनबाट रोक्न संसद बिघटन गर्नुपरेको बताउनुभयो ।


खबर सबै
-
डीडीसीमा १२ करोडभन्दा बढी हानि पुर्याएको आरोपमा तत्कालीन महाप्रबन्धकसहित आठ जना पक्राउ
-
एनपीएलमा आज लुम्बिनी र चितवन तथा विराटनगर र सुदूरपश्चिम खेल्ने, वर्षा वाधक बन्न सक्ने
-
धेरै ठाउँमा निरन्तर झरी, आज दिउँसोदेखि चक्रवातको प्रभाव कम हुने
-
बाणगंगा–९ का सामुदायिक वनमा ४ नाल भरुवा बन्दुक बरामद
-
उत्तराखण्डमा छ यात्रु बोकेको हेलिकोप्टर दुर्घटनाग्रस्त, खोजी तथा उद्धार जारी
-
गुल्मीमा ट्याक्टरको ठक्करबाट १२ वर्षीय बालकको मृत्यु
-
बाणगंगा–९ का सामुदायिक वनमा ४ नाल भरुवा बन्दुक बरामद
-
उत्तराखण्डमा छ यात्रु बोकेको हेलिकोप्टर दुर्घटनाग्रस्त, खोजी तथा उद्धार जारी
-
गुल्मीमा ट्याक्टरको ठक्करबाट १२ वर्षीय बालकको मृत्यु
-
एनपीएलमा चम्किँदै नेपाली खेलाडी, बने सबै खेलमा ‘म्याच विनर’
-
अर्नब अवशेष : अब ३० घण्टा सतर्क रहन आग्रह, भोलि बेलुकादेखि वर्षा रोकिने
-
प्रधानमन्त्री बालेन र मोदीले विशेष रेल सेवाको उद्घाटन गर्ने तयारी







प्रतिक्रिया