

कपिलवस्तुको वाणगंगा ७ ले वडाका जेष्ठ नगरिकलाई दियो न्यानो सल र मास्क




राधा पाण्डे/भगवती न्यौपाने, पुष १७
वृद्धवृद्धाको आस्था भरोसाका केन्द्रविन्दु बनेका वाणगंगा नगरपालिका वडा नं ७ का वडा अध्यक्ष विष्णु गिरिले न्यानो कपडा वितरण गरेर उल्लेखनीय कार्य गरेको संविधान सभा सदस्य बलराम अधिकारीले बताउनुभयो । ७० वर्षभन्दा माथिका जेष्ठ नागरिकहरुलाई सम्मान कार्यक्रममा उहाँले समाजमा गरेका राम्रा कामको छाप पछि सम्म पर्ने भएकाले यस्तै उल्लेखनीय कार्य गर्न जरुरी रहेको स्पष्ट पार्नुभएको हो । केपी ओली नेतृत्वको सरकार आएपछि विकास निर्माणको कामले फड्को मारेको तर्क गर्दै सीमा मिचिने र नाकाबन्दी कहिल्यै नहुने समेत संविधान सभा सदस्य अधिकारीले दावी गर्नुभयो ।

कार्यक्रममा वाणगंगा नगरपालिका वडा नं ७ का वडा अध्यक्ष विष्णु गिरिले भौतिक पूर्वाधारसँगै लक्षित कार्यक्रमले सुखी नेपाली समृद्ध नेपालको सपना साकार हुने बताउनुभयो । उहाँले न्यानो सल वितरण कार्यक्रममा रचनात्मक र सिर्जनात्मक दुवै हिसावले वडालाई नगरकै समृद्ध वडा बनाउने जिकिर गर्नुभयो । स्थानीयको सल्लाह सुझाव अनुसार हिजो, आज कार्य गर्दै आएको र भोलीका दिनहरुमा अगाडी बढ्ने स्पष्ट पार्नुभयो । खारखानीको पिकनिक स्पोर्टको कार्यलाई आगामी हप्ताबाट नै अगाडी बढाउने अध्यक्ष गिरिको भनाई छ । आगामी दिनमा २४५ सुकुम्बासी घर परिवारलाई विद्युत मिटर वितरण गर्ने योजना रहेको बताउँदै नमुना वडा बनाउन आफूले कुनै कसर बाँकी नराख्ने प्रतिवद्धता व्यक्त गर्नुभयो ।
यस्तै नगरका प्रमुख प्रशासकीय अधिकृत गेहेन्द्र बहादुर डाँगीले र समाजसेवी नेत्र गिरीले जीवन यात्रामा मानवले गर्नुपर्ने कर्म वडाले गरेको भन्दै प्रशसा गर्नुभयो ।
कार्यक्रममा भत्ता खाइसकेका ७० वर्ष भन्दा माथिका २५० जना जेष्ठ नागरिकहरुलाई न्यानो सल र मास्क वितरण गरिएको थियो । यस्तै गिरिले पत्रकारहरुलाई समेत दोसल्ला ओढाएर सम्मान समेत गर्नुभएको थियो । जेष्ठ नागरिकहरु वडाले गरेको कार्यको प्रशंसा गर्दै गिरिलाई आशिर्वाद समेत दिएका थिए ।
वडा अध्यक्ष विष्णु गिरिको अध्यक्षता रहेको कार्यक्रमको संचालन सचिव कृष्णप्रसाद खनालले गर्नुभएको थियो ।


खबर सबै
-
भर्लाबास – काठमाण्डौँ रुटमा ६ महिना पनि टिकेन सारथी, के भन्छन् गाडीधनी ?
-
पारिजातमा नतिजा प्रकाशन तथा पुरस्कार बितरण
-
खील निकाल्ने वर्ष हो, मज्जाले दुख्छ, सहने शक्ति मिलोस् : रवि लामिछाने
-
आज नयाँ वर्ष– हर्षोल्लासका साथ मनाइँदै
-
वार्ता असफल भएपछि अमेरिकाले घोषणा गर्यो इरानमाथि नाकाबन्दी
-
अर्थमन्त्री वाग्लेको सम्पत्ति कति ?
-
आज नयाँ वर्ष– हर्षोल्लासका साथ मनाइँदै
-
वार्ता असफल भएपछि अमेरिकाले घोषणा गर्यो इरानमाथि नाकाबन्दी
-
अर्थमन्त्री वाग्लेको सम्पत्ति कति ?
-
नेपालका करोडपति प्रधानमन्त्री ‘बालेन’ : बैँक ब्यालेन्स मात्रै डेढ करोड
-
कांग्रेसको लुम्बिनी प्रदेशस्तरीय निर्वाचन समीक्षा कार्यक्रम शीर्ष नेता दाङ पुगे
-
करण केसीलाई क्यानको कारवाही, एक खेलको प्रतिबन्ध











प्रतिक्रिया