

कृषि क्षेत्रमा विदेशी लगानी राष्ट्रघाती : डा. भट्टराई



काठमाडौं, पुस १७
सरकारले हालै कृषि क्षेत्रमा विदेशीले पनि लगानी गर्न पाउने निर्णय गरेकाे छ । तर यसले देशकाे भलाे नगर्ने भन्दै जनता समाजवादी पार्टीका अध्यक्ष तथा पूर्वप्रधानमन्त्रीडा. बाबुराम भट्टराईले चर्काे विरोध गरेका छन् ।
शुक्रबार बिहान सामाजिक सञ्जाल ट्विटरमार्फत् उनले कृषि क्षेत्रमा विदेशी लगानी भित्र्याउने सरकारी निर्णय राष्ट्रघाती रहेकाे टिप्पणी गरेका हुन् । ‘छापामार शैलीमा ओली सरकारले कृषि क्षेत्रमा विदेशी लगानी खुला गर्ने जुन निर्णय गरेको छ, त्यो सबै हिसाबले गलत, जनघाती, राष्ट्रघाती छ,’ उनले भनेका छन्, ‘यसले उसै थला परेको कृषि झन् बर्बाद हुनेछ; किसान वेदखल हुनेछन्; खाद्यसुरक्षा धरापमा पर्नेछ; अर्थतन्त्र अरू परनिर्भर हुनेछ ।’
सरकारी उक्त निर्णयकाे सबैले प्रतिरोध गर्न समेत बाबुरामले अपिल गरेका छन् ।
मन्त्रिपरिषदले कृषि क्षेत्रमा पनि विदेशीले लगानी गर्न पाउने गरी ‘विदेशी लगानी तथा प्रविधि हस्तान्तरण ऐन– २०७५’ हालै मात्र स्वीकृत गरेको छ । यसअघि कृषि क्षेत्रमा विदेशीले लगानी गर्न नपाउने व्यवस्था थियो ।



खबर सबै
-
यूएईलाई हराउँदै नेपाल प्रिमियर कप च्याम्पियन, एसिया कपमा छनोट
-
कांग्रेसले सातै प्रदेशमा तोक्यो निर्वाचन संयोजक, लुम्बिनीमा कसले पाए जिम्मेवारी ?
-
भैरहवास्थित क्यासिनोमा प्रहरीको छापा, ६ जना पक्राउ
-
महालेखाले थाल्यो ४४ जिल्लाबाट पहिलो चरणको स्थलगत लेखापरीक्षण
-
कृषकको खेती जोगाउने प्रयास : बाँदर धपाउन हेरालु, बँदेल रोक्न काँडेतार
-
एनपीएल च्याम्पियन टोली ‘लुम्बिनी लायन्स’को हस्पिटालिटी पार्टनरमा ‘भिभान्ता’
-
महालेखाले थाल्यो ४४ जिल्लाबाट पहिलो चरणको स्थलगत लेखापरीक्षण
-
कृषकको खेती जोगाउने प्रयास : बाँदर धपाउन हेरालु, बँदेल रोक्न काँडेतार
-
एनपीएल च्याम्पियन टोली ‘लुम्बिनी लायन्स’को हस्पिटालिटी पार्टनरमा ‘भिभान्ता’
-
गुल्मीमा महिला मृत फेला, करेन्ट लागेको आशंका
-
सल्यानमा बोलेरो जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु, चार घाइते
-
लुम्बिनी प्रदेशमा भदाै २९ गते सार्वजनिक बिदा






प्रतिक्रिया