

कृषि क्षेत्रमा विदेशी लगानी राष्ट्रघाती : डा. भट्टराई



काठमाडौं, पुस १७
सरकारले हालै कृषि क्षेत्रमा विदेशीले पनि लगानी गर्न पाउने निर्णय गरेकाे छ । तर यसले देशकाे भलाे नगर्ने भन्दै जनता समाजवादी पार्टीका अध्यक्ष तथा पूर्वप्रधानमन्त्रीडा. बाबुराम भट्टराईले चर्काे विरोध गरेका छन् ।
शुक्रबार बिहान सामाजिक सञ्जाल ट्विटरमार्फत् उनले कृषि क्षेत्रमा विदेशी लगानी भित्र्याउने सरकारी निर्णय राष्ट्रघाती रहेकाे टिप्पणी गरेका हुन् । ‘छापामार शैलीमा ओली सरकारले कृषि क्षेत्रमा विदेशी लगानी खुला गर्ने जुन निर्णय गरेको छ, त्यो सबै हिसाबले गलत, जनघाती, राष्ट्रघाती छ,’ उनले भनेका छन्, ‘यसले उसै थला परेको कृषि झन् बर्बाद हुनेछ; किसान वेदखल हुनेछन्; खाद्यसुरक्षा धरापमा पर्नेछ; अर्थतन्त्र अरू परनिर्भर हुनेछ ।’
सरकारी उक्त निर्णयकाे सबैले प्रतिरोध गर्न समेत बाबुरामले अपिल गरेका छन् ।
मन्त्रिपरिषदले कृषि क्षेत्रमा पनि विदेशीले लगानी गर्न पाउने गरी ‘विदेशी लगानी तथा प्रविधि हस्तान्तरण ऐन– २०७५’ हालै मात्र स्वीकृत गरेको छ । यसअघि कृषि क्षेत्रमा विदेशीले लगानी गर्न नपाउने व्यवस्था थियो ।



खबर सबै
-
डीडीसीमा १२ करोडभन्दा बढी हानि पुर्याएको आरोपमा तत्कालीन महाप्रबन्धकसहित आठ जना पक्राउ
-
एनपीएलमा आज लुम्बिनी र चितवन तथा विराटनगर र सुदूरपश्चिम खेल्ने, वर्षा वाधक बन्न सक्ने
-
धेरै ठाउँमा निरन्तर झरी, आज दिउँसोदेखि चक्रवातको प्रभाव कम हुने
-
बाणगंगा–९ का सामुदायिक वनमा ४ नाल भरुवा बन्दुक बरामद
-
उत्तराखण्डमा छ यात्रु बोकेको हेलिकोप्टर दुर्घटनाग्रस्त, खोजी तथा उद्धार जारी
-
गुल्मीमा ट्याक्टरको ठक्करबाट १२ वर्षीय बालकको मृत्यु
-
बाणगंगा–९ का सामुदायिक वनमा ४ नाल भरुवा बन्दुक बरामद
-
उत्तराखण्डमा छ यात्रु बोकेको हेलिकोप्टर दुर्घटनाग्रस्त, खोजी तथा उद्धार जारी
-
गुल्मीमा ट्याक्टरको ठक्करबाट १२ वर्षीय बालकको मृत्यु
-
एनपीएलमा चम्किँदै नेपाली खेलाडी, बने सबै खेलमा ‘म्याच विनर’
-
अर्नब अवशेष : अब ३० घण्टा सतर्क रहन आग्रह, भोलि बेलुकादेखि वर्षा रोकिने
-
प्रधानमन्त्री बालेन र मोदीले विशेष रेल सेवाको उद्घाटन गर्ने तयारी







प्रतिक्रिया