

नेकपा बैठक सकियो, अर्काे बैठक पुस ५ मा बस्ने



पुष १ काठमाडौँ ।
पार्टीभित्रको तनावका बीच सुरु भएको सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी नेकपाको स्थायी कमिटी बैठक सकिएको छ।
पार्टी अध्यक्ष द्वय केपी शर्मा ओली र पुष्पकमल दाहालबीच अध्यादेश फिर्ता, दुवै प्रतिवेदन फिर्ता लगायतका विषयमा सहमति जुटेपछिमात्रै ओली बैठकमा सहभागी भएका थिए।
बैठकपछि पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले दुई अध्यक्षबीच भएको सहमति कार्यान्वयनमा लैजाने निर्णय भएको ब्रिफिङ गरे।
बैठकमा पार्टी अध्यक्ष तथा प्रधानमन्त्री ओलीले हिजको संवैधानिक परिषदको बैठकबाट कुनै पनि संवैधानिक निकायमा कुनै पनि पदको सिफारिस नभएको जानकारी गराएको श्रेष्ठले बताए। अबको स्थायी कमिटीको बैठक पुस ५ गते बस्नेछ। साथै पुस ५ गतेका लागि तोकिएको केन्द्रीय कमिटी बैठक पुस १० गतेका लागि सारिएको छ।


खबर सबै
-
डीडीसीमा १२ करोडभन्दा बढी हानि पुर्याएको आरोपमा तत्कालीन महाप्रबन्धकसहित आठ जना पक्राउ
-
एनपीएलमा आज लुम्बिनी र चितवन तथा विराटनगर र सुदूरपश्चिम खेल्ने, वर्षा वाधक बन्न सक्ने
-
धेरै ठाउँमा निरन्तर झरी, आज दिउँसोदेखि चक्रवातको प्रभाव कम हुने
-
बाणगंगा–९ का सामुदायिक वनमा ४ नाल भरुवा बन्दुक बरामद
-
उत्तराखण्डमा छ यात्रु बोकेको हेलिकोप्टर दुर्घटनाग्रस्त, खोजी तथा उद्धार जारी
-
गुल्मीमा ट्याक्टरको ठक्करबाट १२ वर्षीय बालकको मृत्यु
-
बाणगंगा–९ का सामुदायिक वनमा ४ नाल भरुवा बन्दुक बरामद
-
उत्तराखण्डमा छ यात्रु बोकेको हेलिकोप्टर दुर्घटनाग्रस्त, खोजी तथा उद्धार जारी
-
गुल्मीमा ट्याक्टरको ठक्करबाट १२ वर्षीय बालकको मृत्यु
-
एनपीएलमा चम्किँदै नेपाली खेलाडी, बने सबै खेलमा ‘म्याच विनर’
-
अर्नब अवशेष : अब ३० घण्टा सतर्क रहन आग्रह, भोलि बेलुकादेखि वर्षा रोकिने
-
प्रधानमन्त्री बालेन र मोदीले विशेष रेल सेवाको उद्घाटन गर्ने तयारी







प्रतिक्रिया