
कपिलवस्तुको विजयनगरबाट १ लाख बढी मुल्यका काठ बरामद.

कपिलवस्तुको विजयनगरबाट १ लाख बढी मुल्यका काठ बरामद मंसिर ३० कपिलवस्तु । कपिलवस्तुको विजयनगर गाउँपालिकाबाट प्रहरीले १ लाख बढी मुल्य पर्ने काठ बरामद गरेको छ । ईलाका प्रहरी कार्यालय गणेशपुरका प्रहरी निरीक्षकको कमाण्डमा खटिएको प्रहरीको टोलीले विजयनगरको गेडुवाजोतबाट रु. १ लाख ६ हजार ६ सय ७७ मुल्य पर्ने सिसौको काठ बरामद गरको जनाएको छ ।
प्रहरीले उक्त काठ परालभित्र लुकाईराखेको अवस्थामा फेला पारेको जनाएको छ । सो स्थानमा १२ गोलिया काठ नियन्त्रणमा लिई सवडिभिजन वन कार्यालय ठाकुरापुुरमा पठाइएको जिल्ला प्रहरी कर्यालय कपिलवस्तुले जनाएको छ । जिल्ला प्रहरी कार्यालय प्रमूख प्रहरी उपरिक्षक नवराज अधिकारीले जिल्लाको कुनैपनि स्थानमा भन्सार छली गरि कुनै पनि किसिमको सामान बरामद भए तत्तकाल भन्सार चलान गरिने रणनिति बमोजिम ऊक्त काठ पनि सम्बन्धित निकायमा अनुसान्धानका लागि पठाइएको छ ।
राधेश्याम यादवको धानको खेतमा काठको धुलो र परालभित्र काठ लुकाएको अवस्थामा उक्त काठ फेला पारेको थियो । ३९.५१ क्युफिट काठ बरामद गरिएको प्रहरीले जनाएको छ ।


खबर सबै
-
श्रृङ्गीघाट सामुदायिक वनले दियाे अनुदानमा ई- रिक्सा,महिला उद्धमीलाई प्राेत्साहन
-
सरकारले गर्याे मन्त्रीपरिषद्बाट महत्वपूर्ण ७ निर्णय
-
अर्घाखाँचीको इतिहास : दुई राजाको सालिक निर्माण
-
ट्याक्टर दुर्घटना हुँदा बालकको मृत्यु
-
टी-२० विश्वकपमा अब ‘सुपर १०’ को नयाँ संरचना, नेपाल भने सिधा ग्लोबल क्वालिफायरमा
-
बुटवलबाट ६ लाख २२ हजार नक्कली नेपाली रुपैयाँ र मेसिन सहित ६ जना पक्राउ
-
ट्याक्टर दुर्घटना हुँदा बालकको मृत्यु
-
टी-२० विश्वकपमा अब ‘सुपर १०’ को नयाँ संरचना, नेपाल भने सिधा ग्लोबल क्वालिफायरमा
-
बुटवलबाट ६ लाख २२ हजार नक्कली नेपाली रुपैयाँ र मेसिन सहित ६ जना पक्राउ
-
फिफा विश्वकप : अन्तिम चार टोली, कोभन्दा को कम ?
-
देशका अधिकांश भूभागमा वर्षाको सम्भावना
-
नारायणगढ–मुग्लिन सडकमा फेरि पहिरो, अर्को सूचना नभएसम्म सवारी सञ्चालन रोक






प्रतिक्रिया