नेकपा भित्र विग्रहको संकेत, बुटवलबाट नेताहरुले गरे समाजवादी अभियान नेपालको घोषणा

राजेन्द्र खनाल
मंसिर २८ कपिलवस्तु ।
देशको वर्तमान राजनैतिक तथा वैचारिक बहसका लागि भन्दै लुम्बिनी प्रदेशको बुटवलबाट आज समाजवादी अभियान नेपालको घोषणा भएको छ ।
केहि दिन अघि कपिलवस्तुको वाणगंगा नगरपालिका वडा नम्बर ७ बनगाईमा बसेको नेकपा र जनता समाजवादी पार्टी नेपालको बैठकले सो अभियानको अवधारणा विकास गरेको थियो । सो बैठकका लागि जनता समाजवादी पार्टी नेपालका केन्द्रिय सदस्य नारायण खनाल, विष्णुहरी शर्मा, नेपाल कम्युनिष्ट पार्टी नेकपाका केन्द्रिय सदस्य डोर प्रसाद उपाध्याय र बामदेव क्षेत्री बिचको चार घण्टा लामो छलफलले आज वुटवलबाट समाजवादी अभियान नेपालको घोषणा गरको हो ।
आज घोषणा भएको समितिको संयोजकमा वामदेव क्षेत्री बन्नुभएको छ भने सह संयोजक डोरप्रसाद उपाध्याय रहनुभएको छ । त्यसतै अभियानको संरक्षक डा. कृष्ण खनाललाई जिम्मेवारी दिइएको छ भने समितिको सदस्यमा कपिलवस्तुबाट कमल चुँदाली, बाबुराम खनाल लगाएत रहनुभएको अभियानका संयोजक बामदेव क्षेत्रीले बताइए ।
लुम्बिनी प्रदेशका १२ वटै जिल्लाबाट सदस्यहरु समेटिने गरी बनाइएको समितिमा हाल २९ जनालाई समावेश गरिएको छ भने समितिका सदस्यको संख्या ३५ पु¥याइने बताइएको छ ।
नेपालको राजनैतिक तथा समाजवादी क्रान्तिको खुल्ला बसका लागि भनिएको सो अभियानले एक विज्ञ समुह पनि गठन गरेको छ । गठित विज्ञ समुहमा डा. जितेन्द्र महासेठ, डा. सूर्य थापा, बैकुण्ठ पाण्डे , डा. नारायण वेल्वासे लगाएत छन् ।

                                            तस्बिर : समाजवादी अभियान नेपालको घोषणा गर्दै नेताहरु बुटवलमा ।

केही दिन अघि बनगाईमा बसेको चार नेताहरुको बैठकले अभियानको अवधारणपत्र बनाई वुटवलमा पत्रकार सम्मेलन गरी सार्वजनिक गर्ने निर्णय गरेअनुसार आज वुटवलमा एक पत्रकार सम्मेलनको आयोजना गरि समाजवादी अभियान नेपालको घोषणा भएको हो ।

सत्तरुढ नेपाल कम्युनिष्ट पार्टी ९नेकपा० कै नेताहरुले सरकारको चर्को आलोचना गरेका छन् । सरकारको नेतृत्व पार्टीको नीति, योजना विपरित गलत बाटोमा हिँडेको भन्दै उनीहरुले ‘समाजवादी अभियान’ सुरु गरेको घोषणा गरेका छन् ।

‘सरकार र पार्टी नेता विशेषको स्वार्थ र लहडको भरमा टपरटुइयाँ तालले चलेका छन्’ प्रदेश सांसद विष्णु पन्थीले शनिबार बुटवलमा आयोजित भेलालाई सम्बोधन गर्दै भने, ‘पार्टीको नीति एकातिर, व्यवहार अर्कोतिर भयो, नेतृत्व गलत बाटोमा गयो, कांग्रेससँग कत्ति पनि फरक भएन ।’ केन्द्र, प्रदेश र स्थानीय तह सबैतिर नेकपा वहुमत सहित सत्तामा रहेपनि कार्यकर्तामा निराशा र अन्योलता छाएको पन्थीले औंल्याए ।

केन्द्रीय सदस्य डोरप्रसाद उपाध्यायले संविधान र पार्टीको चुनावी घोषणापत्रले समाजवाद उन्मुख समाज निर्माण गर्ने भने पनि सरकार र पार्टी नेतृत्वको एउटा समूह ठीक उल्टो बाटो हिँडेको बताए । जनताले झण्डै दुई तिहाई वहुमत दिएपनि सरकार एकपछि अर्को भ्रष्टाचार काण्डमा मुछिंदै गएको र जनभावना विपरित चलेको उनले बताए । ‘पार्टी र सरकारले शिक्षा, स्वास्थ्य, भूमि जस्ता महत्वपूर्ण सवालमा समाजवादी वहस कहिल्यै गरेन, बरु सिमित आसेपासे ब्यापारिक समूहको स्वार्थपूर्तिमा केन्द्रित भयो’ उपाध्यायले भने, ‘यो तरिकाले न कम्युनिष्ट पार्टी चल्छ, न सरकार ।’

अर्का केन्द्रीय सदस्य वामदेव क्षेत्रीले कम्युनिष्ट पार्टीको विचार र दर्शनमै खोट रहेको महसुस हुन थालेको बताए । अब समाजवादी धारमा रुपान्तरण नगरे पार्टी संकटमा पर्ने उनको विश्लेषण छ ।

पूर्व माओवादी पक्षको वाहुल्यता रहेको भेलामा डा। कृष्ण खनाल, लिलाबल्व ढकाल, सिद्विचरण भट्टराई, कमल चुदाली, मिना न्यौपाने, पे्रमनारायण गैरे,जीवलाल पन्थी, ठाकुर विक, घनश्याम यादवलगायतले पार्टीमा वैचारिक र नेताहरुमा कार्यशैलीमा विचलन देखिएको धारणा राखेका थिए । भेलाले वामदेव क्षेत्री संयोजक, डोरप्रसाद उपाध्याय सहसंयोजक रहेको २५ सदस्यीय समाजवादी अभियान नेपाल गठन गरेको छ ।

अभियानमा लुम्बिनी प्रदेशका १२ वटै जिल्लाबाट प्रतिनिधित्व गराई विषयगत विज्ञहरु समेत राखेर समाजवादमा आधारित अध्ययन, अनुसन्धान अघि बढाइने गुनाराम घिमिरेले बताए ।

यसैबिच अहिले सत्तारुढ दल नेकपा भित्रको शिर्ष तहको राजनैतिक द्धोन्द्ध बढिरहेका बेला लुम्बिनी प्रदेशबाट घोषणा भएको समाजवादी अभियान नेपालले फरक लय लिएको संकेत समेत देखिएको छ । आजको घोषण कार्यक्रममा प्रमूख अतिथिको रुपमा उपस्थित हुनुभएको नेकपाका नेता तथा प्रदेश सभा सदस्य विष्णु पन्थी लगाएतका नेताहरुको उपस्थितिले केन्द्रको नेकपा भित्रको प्रधानमन्त्री केपि ओली सँग माधव कुमार नेपाल र प्रचण्ड विच पक्षधरहरुको आपसि सहकार्यको झलक आजको कार्यक्रममा समेत देखा परको थियो । नेकपा केन्द्रको लडाई अब प्रदेश सम्म स्पष्ट रुपमा देखिने संकेत समेत देखा परको छ ।

प्रतिक्रिया

खबर सबै