

कोइली खोलामा डुवेल वाणगंगा ९ का एक पुरुषको मृत्यु




कपिलवस्तु, २४ मंसिर
कपिलवस्तुको कोइली खोलामा डुबेर एक जना पुरुषको मृत्यु भएको छ । वाणगंगा नगरपालिका वडा नं. ९ चौवाहका अन्दाजी ४० बर्षीय दामोदर आचार्यको कोइली खोलामा डुबेर ज्यान गएको हो ।
मजदुरी गरी मोतिपुरबाट घर फर्कने क्रममा आचार्य कोइली खोलामा साईलकबाट खसेर बेपत्ता भएका थिए । उनका साथिहरुका अनुसार आचार्य मदिरा सेवन गरेर साइकल चलाएका थिए ।
कोइली खोलामा खसेका उनलाई दुई घण्टापछि सुरक्षाकर्मीले नदीबाट शब निकालेका थिए । घटना सम्बन्धि थप अनुशन्धान भएको ईलाका प्रहरी कार्यालय पिपराले जनाएको छ ।


खबर सबै
-
पुलले जोडिँदै विजयनगर, फेरिँदै दुर्गम गाउँपालिकाको पहिचान
-
प्रधानमन्त्री बालेनले बोलाए मन्त्रिपरिषद् बैठक
-
पृथ्वीको तापक्रम बढ्ने, जलवायु संकट थप गम्भीर हुने राष्ट्रसंघको चेतावनी
-
तीन दिनदेखि सम्पर्कविहिन पाल्पाका दुई युवा मृत फेला, रूपन्देहीकाे खोलामा शव भेटियो
-
सर्वोच्च अदालतमा आगलागी
-
बैंकिङ प्रणालीबाट १८ अर्ब तान्दै राष्ट्र बैंक






प्रतिक्रिया