

संसारकै सबैभन्दा सानो, लम्बाई २ इन्च र तौल १० ग्राम



एजेन्सी – इंग्ल्याण्डको चेस्टर चिडियाघरमा संसारकै सबैभन्दा सानो बाँदर जन्मिएको छ । चिडियाघर प्रशासनका अनुसार यो बाँदर सबैभन्दा सानो बाँदरको प्रजाति पिग्मी मोर्मासेट्स अन्तर्गत पर्छ ।
जुम्ल्याहा पिग्मी मोर्मासेट्सको लम्बाई २ इन्च र तौल १० ग्राम मात्र रहेको चिडियाघर प्रशासनले जनाएको छ ।
बाँदरको हेरचाह गर्ने हाबी वेबका अनुसार दुई वटा बाँदर नै कपालको डल्लो जस्तो मात्र छन् । उक्त बाँदरहरु भाले वा पोथी अहिलेसम्म छुट्टिएको छैन । यी बाँदर जन्म दिने बाँदरको नाम जो र बाल्ड्रिक हो । मादाको उमेर ३ वर्ष र बाल्ड्रिकको ४ वर्ष रहेको छ ।

हाबीका अनुसार माउ बाँदरले बच्चा जन्मिएको दुई दिनमा नै पिठ्युँमा राखेर घुमाउन सुरु गरेको छ ।
चेस्टर चिडियाघरको डिप्टी क्युरेटर डा. निक डेविसले यो प्रजातिको बाँदर सानो हुने बताएका छन् । यो बाँदर माउलाई आर्कषित गर्न ठूलो आवाज निकालेर चिच्याउँछन् ।
यो बाँदरको प्रजाति पश्चिमी ब्राजिल, पेरु, इक्वाडोर र कोलम्बियाका साथ साथै साउथ अमेरिकाको जंगलमा पाइन्छ ।


खबर सबै
-
सरकारले भन्यो- भोटेकोशी बाढीबाट १६ लाख मानिस प्रभावित, रसुवा र नुवाकोट अति प्रभावित
-
नेपालगन्जबाट अयोध्या, गोरखपुर र बनारस रेल सेवा
-
-
लुम्बिनीका मुख्यमन्त्री र मन्त्रीले आधा महिनाको पारिश्रमिक प्रधानमन्त्री विपद् उद्धार कोषमा दिने
-
बाढीको वितण्डा : कपिलवस्तुका आशिषको पर्खाइमा वृद्ध आमाबुवा
-
सडक डिभिजन दाङका कार्यालय प्रमुखसहित नौ जनाविरुद्ध भ्रष्टाचार मुद्दा






प्रतिक्रिया