
अस्थाई संरचनामा राजधानी लैजान नहुने सांसादहरुको जोड

मंसिर २२बुटवल
लुम्बिनी प्रदेशको राजधानी बुटवलबाट दाङ सार्ने बिषयमा सांसदहरुले अस्थायीबाट अस्थायी संरचनामा लैजान नहुने भन्दै स्थायी संरचनाहरु बनाएपछि मात्र लैजानुपर्ने बताएका छन् । लुम्बिनी प्रदेशको स्थायी राजधानी तत्काल दाङ सार्ने सम्भवना नरहेको सत्ता र प्रतिपक्षका सांसदहरुले बताएका हुन् ।
बुटवलको अस्थायी संरचनाबाट दाङ भालुवााङको अस्थाई संरचना मै कार्यालयहरु लैजाँदा राज्यलाइ करोडौ रुपैयाँ आर्थिक भार पर्ने भएकाले उपर्युक्त स्थायी संरचना निमार्णपछि मात्रै सरकारका संरचनाहरु लैजादा उपर्युक्त हुने उनीहरुको धारणा छ ।
रिपोर्टर्स् क्लब लुम्बिनी प्रदेश बुटवलद्वारा आयोजित साक्षात्कार कायक्रममा बोल्दै नेपाली काँग्रेस लुम्बिनी प्रदेशसभा संसदीय दलका नेता वीरेन्द्र कनौडियाले प्रदेशको राजधानी र नामाकरणपछि सरकारको दायित्व पूरा नभएको भन्दै नयाँ ठाउँमा राजधानी स्थापित गर्न सरकार थप गम्भीर भएर लाग्नुपर्ने बताए ।
उनले नेकपा विवाद कुनै सैद्धान्तिक र बैचारिक नभएको भन्दै सत्ता र शक्ति केन्द्रीत भएको टिप्पणी गरे । उनले यस्तो महामारीको बेलामा पार्टी भित्रको झगडाका कारण देशलाई बर्वाद बनाउन नहुने भन्दै जनताप्रति खेलबाड नगर्न उनको आग्रह छ ।
संघीय सरकार जनतालाई डेलिभरी दिन नसकेको भ्रष्ट्रचारमा डुबेको , संविधान विपरीत क्रियाकलाप गरेको, नीति नियम नमानेको, तानाशाही भएकोले नैतिक रुपमा पतन भैसकेको आरोप लगाए । उनले सरकारलाई सत्तामा बस्ने कुनै अधिकार नभएको आरोप लगाए ।
नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का लुम्बिनी प्रदेश प्रमुख सचेतक भमिश्वर ढकालले राजधानी स्थापित र व्यवस्थित गर्न समय लाग्ने बताए । उनले दीर्घकालिन संरचना निर्माण गरेरै मात्र राजधानी दाङ सार्ने सरकारको मनसाय रहेको बताए ।


खबर सबै
-
ट्याक्टर दुर्घटना हुँदा बालकको मृत्यु
-
टी-२० विश्वकपमा अब ‘सुपर १०’ को नयाँ संरचना, नेपाल भने सिधा ग्लोबल क्वालिफायरमा
-
बुटवलबाट ६ लाख २२ हजार नक्कली नेपाली रुपैयाँ र मेसिन सहित ६ जना पक्राउ
-
फिफा विश्वकप : अन्तिम चार टोली, कोभन्दा को कम ?
-
देशका अधिकांश भूभागमा वर्षाको सम्भावना
-
नारायणगढ–मुग्लिन सडकमा फेरि पहिरो, अर्को सूचना नभएसम्म सवारी सञ्चालन रोक
-
फिफा विश्वकप : अन्तिम चार टोली, कोभन्दा को कम ?
-
देशका अधिकांश भूभागमा वर्षाको सम्भावना
-
नारायणगढ–मुग्लिन सडकमा फेरि पहिरो, अर्को सूचना नभएसम्म सवारी सञ्चालन रोक
-
प्युठानमा ८० थान भरुवा बन्दुक बरामद
-
अमेरिकी बमबारीपछि खाडीस्थित अमेरिकी सैन्य आधारमा आक्रमण सुरु
-
विभिन्न स्थानमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह






प्रतिक्रिया