
कृष्णनगरमा भन्सार छलि गर्दै ल्याइएको समान बरामद


कृष्णनगर कपिलवस्तु, मंसिर २२
कपिलवस्तु जिल्लाको कृष्णनगर नगरपालिका वडा नं २ महेन्द्र पार्क नजिक बाट भन्सार छलि गरि ल्याउदै गरेको समान प्रहरीले बरामद गरिएको छ ।
इलाका प्रहरी कृष्णनगर मातहतमा रहेको अस्थायी प्रहरी पोष्ट सुरक्षा जाँच चौकी ( लिंक गेट ) इन्चार्ज प्रहरी नायब निरिक्षक रेशम बहादुर जि.सीको कमाण्डमा खटिएको डिउटी टोलीले उक्त अबैध समान बरामद गरेको हो ।
महेन्द्र पार्क नजिक भारत बाट नेपाल तर्फ अबैध रूपमा ल्याउदै गरेको अवस्थामा प्रहरी लाई देख्नसाथ मानिस समान छोडी भारत तर्फ भागेको थियो ।
बरामद गरिएको रिमोट द्वारा चल्ने खेलौना र अन्य समानहरु रहेको प्रहरीले जनाएको छ ।
आवश्यक कार्यवाहीका लागी उक्त समान भन्सार कार्यालय कृष्णनगर पठाइने साथै उक्त समानको अनुमानित मुल्य रु ५९,१५० (उन्साठी हजार एक सय पचास)
पर्ने कुरा इलाका प्रहरी कार्यालय कृष्णनगर ले जनाएको छ ।
आफूहरु अवैध क्रियाकलाप रोक्न सधै तत्पर रहेको र आम जनता लगायत सरोकारवाला सँग निरन्तर छलफल गरिरहेको इलाका प्रहरी कार्यालय कृष्णनगर इन्चार्ज प्रहरी निरिक्षक सुकदेव पौडेलले बताएका छन् ।


खबर सबै
-
सरकारले गर्याे मन्त्रीपरिषद्बाट महत्वपूर्ण ७ निर्णय
-
अर्घाखाँचीको इतिहास : दुई राजाको सालिक निर्माण
-
ट्याक्टर दुर्घटना हुँदा बालकको मृत्यु
-
टी-२० विश्वकपमा अब ‘सुपर १०’ को नयाँ संरचना, नेपाल भने सिधा ग्लोबल क्वालिफायरमा
-
बुटवलबाट ६ लाख २२ हजार नक्कली नेपाली रुपैयाँ र मेसिन सहित ६ जना पक्राउ
-
फिफा विश्वकप : अन्तिम चार टोली, कोभन्दा को कम ?
-
टी-२० विश्वकपमा अब ‘सुपर १०’ को नयाँ संरचना, नेपाल भने सिधा ग्लोबल क्वालिफायरमा
-
बुटवलबाट ६ लाख २२ हजार नक्कली नेपाली रुपैयाँ र मेसिन सहित ६ जना पक्राउ
-
फिफा विश्वकप : अन्तिम चार टोली, कोभन्दा को कम ?
-
देशका अधिकांश भूभागमा वर्षाको सम्भावना
-
नारायणगढ–मुग्लिन सडकमा फेरि पहिरो, अर्को सूचना नभएसम्म सवारी सञ्चालन रोक
-
प्युठानमा ८० थान भरुवा बन्दुक बरामद






प्रतिक्रिया