

जर्जियाको मतपरिणाम उल्ट्याउन ट्रम्पको दबाव जारी


एजेन्सी, २१ मंसिर
अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले जर्जियाको मतपरिणाम उल्ट्याउन दबाब दिइरहेका छन् । अमेरिकी सञ्चार माध्यमका अनुसार राष्ट्रपति ट्रम्पले पटक पटक मत गणना गराइसकेको भएपनि पुनः जर्जिया राज्यको मतपरिणाम उल्ट्याउन दबाव दिएका छन् ।
रिपब्लिकनहरुको बहुमत रहेको विश्वास गरिएको जर्जियामा डेमोक्रेट्स उम्मेद्वार जो बाइडेनको पक्षमा मत खसेपछि ट्रम्पले मतगणना प्रति असन्तुष्टि व्यक्त गरेका हुन् ।
यसभन्दा पनि जर्जियामा तीन पटक मतगणना भइसकेको छ। जसबाट जित बाइडेनको पक्षमा भइसकेको प्रमाणित त्यहाँको प्रशासनले गरिसकेको छ। तर त्यहाँका गभर्नर ब्रेन केम्पलाई ट्रम्पले परिणाम उल्ट्याउन दबाव दिएको हफपोस्टले जनाएको छ।


खबर सबै
-
पृथ्वीको तापक्रम बढ्ने, जलवायु संकट थप गम्भीर हुने राष्ट्रसंघको चेतावनी
-
तीन दिनदेखि सम्पर्कविहिन पाल्पाका दुई युवा मृत फेला, रूपन्देहीकाे खोलामा शव भेटियो
-
सर्वोच्च अदालतमा आगलागी
-
बैंकिङ प्रणालीबाट १८ अर्ब तान्दै राष्ट्र बैंक
-
एसीसी प्रिमियर कपमा नेपालको लगातार दोस्रो जित
-
कपिलवस्तुमा तिन छठ्ठी पर्व मनाइँदै






प्रतिक्रिया