

कपिलधामको नेतृत्व यस पटक पनि आचार्यलाई प्रदान




मंसिर २०, भलवाड ।
कपिलवस्तुको एक महत्वपूर्ण धार्मिक पर्यटकीय क्षेत्रको रुपमा पछिल्लो समय विकास हुँदै गएको कपिल आरोग्य मन्दिर कपिलधामको नवौँ वार्षिक साधारण सभा तथा चौथो अधिवेशन आज कपिलधामा सम्पन्न भएको छ ।
सम्पन्न अधिवेशनले आगमी तीन वर्षका लागि पुनः धामका अध्यक्ष रहनुभएका शंकरप्रसाद आचार्यलाई नै नेतृत्व प्रदान गरेको छ । आचार्यको नेतृत्वमा सम्पन्न अधिवेशनले धामको बरिष्ठ उपाध्यक्ष पदका लागि विष्णु बहादुर रायमाझी, महिला उपाध्यक्षमा शान्ता खनाल, महा सचिवमा धुव्र वेल्वासे, सचिव दुर्गा प्रसाद पौडेल र कोषाध्यक्षमा राजु अर्याललाई चयन गरको छ । त्यस्तै बाँकी २ जना पछि थप गर्ने गरी १३ सदस्यीय समिति गठन गरिएको कपिल आरोग्य मन्दिर कपिलधामले जनाएको छ ।
यस्तै धामको नवौँ साधारण सभामा प्रदेश साँसद विष्णु पन्थीले स्थापना काल देखि हाल सम्म आईपुग्दा कपिलधामले फरक पहिचान बनाउन सफल भएको भन्दै अझ विस्तार र विकासका लागि आफु सदैव लागिरहेको बताउनुभयो । उहाँले प्रदेश सरकार सँगै अब संघिय सरकारको पर्यटन मन्त्रालयमा समेत आफुले पहल गर्ने बताउनुभयो ।
साधारण सभा अन्र्तगत धामका सचिव धुव्र वेल्वासेले वार्षिक प्रगति प्रतिवेदन सार्वजनिनक गर्नुभएको थियो भने कोषाध्यक्ष राजु अर्यालले कुल ३९ लाख ६४ हजार बराबरको आर्थिक प्रतिवेदन सार्वजनिक गर्नुभएको थियो । त्यस्तै ईन्द्रबहादुर कोईरालको संयाजकत्वमा तीन सदस्यीय लेखा समिति समेत गठन गरिएको छ । कार्यक्रममा कृष्णमुरारी ज्ञवाली, शिवचन्द्र आचर्य, विष्णु प्रसाद भण्डारी लगाएतले सम्बोधन गर्नुभएको थियो ।


खबर सबै
-
प्रधानमन्त्री बालेनले बोलाए मन्त्रिपरिषद् बैठक
-
पृथ्वीको तापक्रम बढ्ने, जलवायु संकट थप गम्भीर हुने राष्ट्रसंघको चेतावनी
-
तीन दिनदेखि सम्पर्कविहिन पाल्पाका दुई युवा मृत फेला, रूपन्देहीकाे खोलामा शव भेटियो
-
सर्वोच्च अदालतमा आगलागी
-
बैंकिङ प्रणालीबाट १८ अर्ब तान्दै राष्ट्र बैंक
-
एसीसी प्रिमियर कपमा नेपालको लगातार दोस्रो जित






प्रतिक्रिया