

५ वटा ट्रकमा लैजाँदै गरेको १२१ गोरु बुटबलमा नियन्त्रण




मंसिर २०, ई–साझाकुरा
प्रहरीले बुटवलबाट ५ ट्रक गोरु नियन्त्रणमा लिएको छ। पश्चिमबाट पूर्वतर्फ लैजाँदै गरेका गोरु बुटवलको अस्पताललाइनबाट नियन्त्रणमा लिइएको हो।
प्रहरीले शनिबार बिहान तीन बजेतिर गोरु नियन्त्रणमा लिएको जनाएको छ। ५ वटा ट्रकमा १ सय २१ वटा गोरु राखिएका थिए। प्रहरीले बारा निजगढ नगरपालिका वडा नं. ८ बस्ने ३६ वर्षका गणेश पौडेल, जितपुर सिमरा नगरपालिका वडा नं.१६ का ३८ वर्षका तिलकबहादुर जिम्बा, निजगढ न.पा. ९ का ५२ वर्षका शम्भु भट्टराई, मकवानपुर हेटौडा उ.म.न.पा. वडा नं.१४ बस्ते ३० वर्षका लक्ष्मण दनै र बारा निजगढ न.पा. वडा नं. ९ बस्ने ३२ वर्षका नवराज कार्कीलाई पक्राउ गरेको छ।
ना ५ ख ५६५५ नं. को ट्रकमा २२ वटा, ना ८ ख ७३०२ नं.को ट्रकमा २५ वटा, बागमती प्रदेश ०३–००१ ख ०३३३ नं.को ट्रकमा २५ वटा, ना ६ ख ५७१२ नं.को ट्रकमा २३ वटा र ना ५ ख ७५३९ नं.को ट्रकमा २६ वटा गोरु रहेको प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ। नियन्त्रणमा लिइएका गोरुलाई क्वारेन्टाइन भैरहवा लगिएको छ।
पछिल्लो समय नेपालबाट अत्याधिक गोरु र गाई तस्करी हुने गरेको छ। केही दिन अघिमात्रै रुपन्देहीको धकधईबाट झापा लैजान लागेका गाई गोरु नियन्त्रणमा लिइएको थियो।


खबर सबै
-
डीडीसीमा १२ करोडभन्दा बढी हानि पुर्याएको आरोपमा तत्कालीन महाप्रबन्धकसहित आठ जना पक्राउ
-
एनपीएलमा आज लुम्बिनी र चितवन तथा विराटनगर र सुदूरपश्चिम खेल्ने, वर्षा वाधक बन्न सक्ने
-
धेरै ठाउँमा निरन्तर झरी, आज दिउँसोदेखि चक्रवातको प्रभाव कम हुने
-
बाणगंगा–९ का सामुदायिक वनमा ४ नाल भरुवा बन्दुक बरामद
-
उत्तराखण्डमा छ यात्रु बोकेको हेलिकोप्टर दुर्घटनाग्रस्त, खोजी तथा उद्धार जारी
-
गुल्मीमा ट्याक्टरको ठक्करबाट १२ वर्षीय बालकको मृत्यु
-
बाणगंगा–९ का सामुदायिक वनमा ४ नाल भरुवा बन्दुक बरामद
-
उत्तराखण्डमा छ यात्रु बोकेको हेलिकोप्टर दुर्घटनाग्रस्त, खोजी तथा उद्धार जारी
-
गुल्मीमा ट्याक्टरको ठक्करबाट १२ वर्षीय बालकको मृत्यु
-
एनपीएलमा चम्किँदै नेपाली खेलाडी, बने सबै खेलमा ‘म्याच विनर’
-
अर्नब अवशेष : अब ३० घण्टा सतर्क रहन आग्रह, भोलि बेलुकादेखि वर्षा रोकिने
-
प्रधानमन्त्री बालेन र मोदीले विशेष रेल सेवाको उद्घाटन गर्ने तयारी







प्रतिक्रिया