
५ वटा ट्रकमा लैजाँदै गरेको १२१ गोरु बुटबलमा नियन्त्रण


मंसिर २०, ई–साझाकुरा
प्रहरीले बुटवलबाट ५ ट्रक गोरु नियन्त्रणमा लिएको छ। पश्चिमबाट पूर्वतर्फ लैजाँदै गरेका गोरु बुटवलको अस्पताललाइनबाट नियन्त्रणमा लिइएको हो।
प्रहरीले शनिबार बिहान तीन बजेतिर गोरु नियन्त्रणमा लिएको जनाएको छ। ५ वटा ट्रकमा १ सय २१ वटा गोरु राखिएका थिए। प्रहरीले बारा निजगढ नगरपालिका वडा नं. ८ बस्ने ३६ वर्षका गणेश पौडेल, जितपुर सिमरा नगरपालिका वडा नं.१६ का ३८ वर्षका तिलकबहादुर जिम्बा, निजगढ न.पा. ९ का ५२ वर्षका शम्भु भट्टराई, मकवानपुर हेटौडा उ.म.न.पा. वडा नं.१४ बस्ते ३० वर्षका लक्ष्मण दनै र बारा निजगढ न.पा. वडा नं. ९ बस्ने ३२ वर्षका नवराज कार्कीलाई पक्राउ गरेको छ।
ना ५ ख ५६५५ नं. को ट्रकमा २२ वटा, ना ८ ख ७३०२ नं.को ट्रकमा २५ वटा, बागमती प्रदेश ०३–००१ ख ०३३३ नं.को ट्रकमा २५ वटा, ना ६ ख ५७१२ नं.को ट्रकमा २३ वटा र ना ५ ख ७५३९ नं.को ट्रकमा २६ वटा गोरु रहेको प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ। नियन्त्रणमा लिइएका गोरुलाई क्वारेन्टाइन भैरहवा लगिएको छ।
पछिल्लो समय नेपालबाट अत्याधिक गोरु र गाई तस्करी हुने गरेको छ। केही दिन अघिमात्रै रुपन्देहीको धकधईबाट झापा लैजान लागेका गाई गोरु नियन्त्रणमा लिइएको थियो।


खबर सबै
-
ट्याक्टर दुर्घटना हुँदा बालकको मृत्यु
-
टी-२० विश्वकपमा अब ‘सुपर १०’ को नयाँ संरचना, नेपाल भने सिधा ग्लोबल क्वालिफायरमा
-
बुटवलबाट ६ लाख २२ हजार नक्कली नेपाली रुपैयाँ र मेसिन सहित ६ जना पक्राउ
-
फिफा विश्वकप : अन्तिम चार टोली, कोभन्दा को कम ?
-
देशका अधिकांश भूभागमा वर्षाको सम्भावना
-
नारायणगढ–मुग्लिन सडकमा फेरि पहिरो, अर्को सूचना नभएसम्म सवारी सञ्चालन रोक
-
फिफा विश्वकप : अन्तिम चार टोली, कोभन्दा को कम ?
-
देशका अधिकांश भूभागमा वर्षाको सम्भावना
-
नारायणगढ–मुग्लिन सडकमा फेरि पहिरो, अर्को सूचना नभएसम्म सवारी सञ्चालन रोक
-
प्युठानमा ८० थान भरुवा बन्दुक बरामद
-
अमेरिकी बमबारीपछि खाडीस्थित अमेरिकी सैन्य आधारमा आक्रमण सुरु
-
विभिन्न स्थानमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह






प्रतिक्रिया