

कोभिड-१९ विरुद्धको खोप विश्वकै सार्वजनिक पहुँचमा हुनु पर्नेमा प्रधानमन्त्री ओलीको जोड

प्रधानमन्त्री केपी शर्मा ओलीले कोभिड-१९ विरुद्धको खोप विश्वकै सार्वजनिक पहुँचमा हुनु पर्नेमा जोड दिनु भएको छ ।कोभिड–१९ सम्बन्धी संयुक्त राष्ट्रसंघको विशेष महासभालाई सम्बोधन गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना विरुद्धको खोप सबैको पहुँचमा हुनु पर्ने बताउनु भएको हो ।
३१ औं विशेष महासभामा कोरोना विरुद्धको खोप नाफा मुलक नभइ विश्वकै सबै देश र नागरिकको पहुँचमा पुग्ने गरी हुनु पर्ने बताउनु भएको हो ।यस्तै, उहाँले गरीबी, बढ्दो असमानता, जलवायु परिवर्तनका कारण पर्ने संकट र कोरोना जस्ता महामारी फैलाउने भाइरसको संक्रमणको चुनौती विरुद्ध लड्न विश्वका सबै देश एकजुट हुनु पर्नेमा जोड दिनु भएको छ।
संयुक्त राष्ट्रसंघको विशेष महासभामा प्रधानमन्त्री ओलीले कोरोना नियन्त्रण तथा रोकथामका लागि नेपालले गरिरहेको प्रयासबारे जानकारी पनि गराउनु भएको छ ।महासभामा प्रधानमन्त्री ओलीको सम्बोधन गर्नु अघि उहाँको अडियो र भिडियो रेकर्ड गरेर पठाइएको थियो । संयुक्त राष्ट्रसंघको विशेष महासभामा अन्य देशले पनि आफ्नो अनुभव सुनाएका थिए ।


खबर सबै
-
भर्तापुरमा विद्यालयस्तरीय ‘वक्तृत्वकला’ र ‘चित्रकला’ प्रतियोगिता सम्पन्न
-
एमाले उपाध्यक्ष विष्णु पौडेल पक्राउ
-
अन्तर्राष्ट्रिय योग दिवसः जस्मिन बड्स स्कुलमा योगाभ्यास
-
बर्दियामा लागूऔषध ब्राउन सुगरसहित दुईजना पक्राउ
-
गुनासा सुन्न गृह मन्त्रालयले सुरू गर्यो कल सेन्टर
-
यात्रुवाहक बस र ट्रक ठोक्किदा एक जनाको मृत्यु









प्रतिक्रिया