

कोभिड-१९ विरुद्धको खोप विश्वकै सार्वजनिक पहुँचमा हुनु पर्नेमा प्रधानमन्त्री ओलीको जोड



प्रधानमन्त्री केपी शर्मा ओलीले कोभिड-१९ विरुद्धको खोप विश्वकै सार्वजनिक पहुँचमा हुनु पर्नेमा जोड दिनु भएको छ ।कोभिड–१९ सम्बन्धी संयुक्त राष्ट्रसंघको विशेष महासभालाई सम्बोधन गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना विरुद्धको खोप सबैको पहुँचमा हुनु पर्ने बताउनु भएको हो ।
३१ औं विशेष महासभामा कोरोना विरुद्धको खोप नाफा मुलक नभइ विश्वकै सबै देश र नागरिकको पहुँचमा पुग्ने गरी हुनु पर्ने बताउनु भएको हो ।यस्तै, उहाँले गरीबी, बढ्दो असमानता, जलवायु परिवर्तनका कारण पर्ने संकट र कोरोना जस्ता महामारी फैलाउने भाइरसको संक्रमणको चुनौती विरुद्ध लड्न विश्वका सबै देश एकजुट हुनु पर्नेमा जोड दिनु भएको छ।
संयुक्त राष्ट्रसंघको विशेष महासभामा प्रधानमन्त्री ओलीले कोरोना नियन्त्रण तथा रोकथामका लागि नेपालले गरिरहेको प्रयासबारे जानकारी पनि गराउनु भएको छ ।महासभामा प्रधानमन्त्री ओलीको सम्बोधन गर्नु अघि उहाँको अडियो र भिडियो रेकर्ड गरेर पठाइएको थियो । संयुक्त राष्ट्रसंघको विशेष महासभामा अन्य देशले पनि आफ्नो अनुभव सुनाएका थिए ।


खबर सबै
-
डीडीसीमा १२ करोडभन्दा बढी हानि पुर्याएको आरोपमा तत्कालीन महाप्रबन्धकसहित आठ जना पक्राउ
-
एनपीएलमा आज लुम्बिनी र चितवन तथा विराटनगर र सुदूरपश्चिम खेल्ने, वर्षा वाधक बन्न सक्ने
-
धेरै ठाउँमा निरन्तर झरी, आज दिउँसोदेखि चक्रवातको प्रभाव कम हुने
-
बाणगंगा–९ का सामुदायिक वनमा ४ नाल भरुवा बन्दुक बरामद
-
उत्तराखण्डमा छ यात्रु बोकेको हेलिकोप्टर दुर्घटनाग्रस्त, खोजी तथा उद्धार जारी
-
गुल्मीमा ट्याक्टरको ठक्करबाट १२ वर्षीय बालकको मृत्यु
-
बाणगंगा–९ का सामुदायिक वनमा ४ नाल भरुवा बन्दुक बरामद
-
उत्तराखण्डमा छ यात्रु बोकेको हेलिकोप्टर दुर्घटनाग्रस्त, खोजी तथा उद्धार जारी
-
गुल्मीमा ट्याक्टरको ठक्करबाट १२ वर्षीय बालकको मृत्यु
-
एनपीएलमा चम्किँदै नेपाली खेलाडी, बने सबै खेलमा ‘म्याच विनर’
-
अर्नब अवशेष : अब ३० घण्टा सतर्क रहन आग्रह, भोलि बेलुकादेखि वर्षा रोकिने
-
प्रधानमन्त्री बालेन र मोदीले विशेष रेल सेवाको उद्घाटन गर्ने तयारी







प्रतिक्रिया