तीनवटा प्रदेशका केही स्थानमा वर्षाको सम्भावना

काठमाडौं उपत्यकाका आज बिहानको न्यूनतम तापक्रम ७.५ डिग्री सेल्सियस रहेको छ । दिउँसो यो तापक्रम बढेर १९–२१ डिग्री सेल्सियस पुग्ने अनुमान गरिएको मौसमविद् निराजन सापकोटा बताउँछन् । सापकोटाका अनुसार आज देशभर पहाडी क्षेत्रमा मौसममा बदली आउने छ ।

प्रदेश–१, गण्डकी प्रदेश र वागमती प्रदेशका केही स्थानमा वर्षा हुने सम्भावना रहेको सापकोटाले जानकारी दिए । पूर्वी र मध्ये क्षेत्रका हिमाली भू–भागमा सामान्य हिमपातको समेत समभावना रहेको उनले बताए । “तराईका जिल्लामा अहिले केही हुस्सु रहे पनि बिस्तारै फाटेर जाने छ,” उनले भने ।

तराइका जिल्लामा हुस्सुका कारण हवाई तथा सडक यातायात सेवा केही समय प्रभावित हुनसक्ने भन्दै सचेत रहन जल तथा मौसम विज्ञान विभागले जनाएको छ । हुस्सुका कारण तापक्रममा कमी आउने हुँदा चिसोबाट बच्न विभागले आग्रह गर्दै आएको छ ।

प्रतिक्रिया

खबर सबै