
तीनवटा प्रदेशका केही स्थानमा वर्षाको सम्भावना

काठमाडौं उपत्यकाका आज बिहानको न्यूनतम तापक्रम ७.५ डिग्री सेल्सियस रहेको छ । दिउँसो यो तापक्रम बढेर १९–२१ डिग्री सेल्सियस पुग्ने अनुमान गरिएको मौसमविद् निराजन सापकोटा बताउँछन् । सापकोटाका अनुसार आज देशभर पहाडी क्षेत्रमा मौसममा बदली आउने छ ।
प्रदेश–१, गण्डकी प्रदेश र वागमती प्रदेशका केही स्थानमा वर्षा हुने सम्भावना रहेको सापकोटाले जानकारी दिए । पूर्वी र मध्ये क्षेत्रका हिमाली भू–भागमा सामान्य हिमपातको समेत समभावना रहेको उनले बताए । “तराईका जिल्लामा अहिले केही हुस्सु रहे पनि बिस्तारै फाटेर जाने छ,” उनले भने ।
तराइका जिल्लामा हुस्सुका कारण हवाई तथा सडक यातायात सेवा केही समय प्रभावित हुनसक्ने भन्दै सचेत रहन जल तथा मौसम विज्ञान विभागले जनाएको छ । हुस्सुका कारण तापक्रममा कमी आउने हुँदा चिसोबाट बच्न विभागले आग्रह गर्दै आएको छ ।


खबर सबै
-
सरकारले गर्याे मन्त्रीपरिषद्बाट महत्वपूर्ण ७ निर्णय
-
अर्घाखाँचीको इतिहास : दुई राजाको सालिक निर्माण
-
ट्याक्टर दुर्घटना हुँदा बालकको मृत्यु
-
टी-२० विश्वकपमा अब ‘सुपर १०’ को नयाँ संरचना, नेपाल भने सिधा ग्लोबल क्वालिफायरमा
-
बुटवलबाट ६ लाख २२ हजार नक्कली नेपाली रुपैयाँ र मेसिन सहित ६ जना पक्राउ
-
फिफा विश्वकप : अन्तिम चार टोली, कोभन्दा को कम ?
-
टी-२० विश्वकपमा अब ‘सुपर १०’ को नयाँ संरचना, नेपाल भने सिधा ग्लोबल क्वालिफायरमा
-
बुटवलबाट ६ लाख २२ हजार नक्कली नेपाली रुपैयाँ र मेसिन सहित ६ जना पक्राउ
-
फिफा विश्वकप : अन्तिम चार टोली, कोभन्दा को कम ?
-
देशका अधिकांश भूभागमा वर्षाको सम्भावना
-
नारायणगढ–मुग्लिन सडकमा फेरि पहिरो, अर्को सूचना नभएसम्म सवारी सञ्चालन रोक
-
प्युठानमा ८० थान भरुवा बन्दुक बरामद






प्रतिक्रिया