

जगदीशपुर तालमा आगन्तुक चराको आगमन


जाडो छल्न नेपालमा १ सय ५० प्रजातिका हिउँदे आगन्तुक चराको आगमन भएको छ । चिसो छल्न र खानेकुराको खोजीका लागि हरेक वर्ष नेपालमा हिउँदे आगन्तुक चरा आउने गरेका छन् । धेरैजसो चरा असोज कार्तिकमा नै आइसकेका र बाँकी रहेका चरा पनि अहिले लगभग आइसकेका चराविद् डाक्टर हेमसागर बरालले जानकारी दिनुभयो ।
नेपाल आएका यी चराहरु ६ महिनासम्म बस्ने छन् । नेपालमा चीनबाट धेरै चरा आउने गरेको छ । यस्तै, पूर्वी युरोप, मंगोलिया, रुस, साइबेरिया तथा कोरियाको छेउछाउलगायतका ठाउँबाट पनि चिसो छल्न चराहरु नेपाल आउने गरेका बरालले बताउनुभयो ।
उहाँका अनुसार जाडो छल्न तथा आहारा खोज्न चराहरु ४ देखि ५ हजार माइल पार गरेर नेपाल आउने गरेका छन् । कपिलवस्तुको जगदीशपुर जलाशय, कैलालीको घोडाघोडी ताल, बर्दियाको बढैया ताल, कास्कीको फेवाताल, चितवनको बीसहजारी तालसहित वन, सिमसार क्षेत्र र खेतबारीमा यी चरा रमाउने गरेका छन् ।हिउँदे आगन्तुक चराका लागि नेपालमा बासस्थान र खानाको अभाव नहुने चराविद्ले बताएका छन् ।


खबर सबै
-
पृथ्वीको तापक्रम बढ्ने, जलवायु संकट थप गम्भीर हुने राष्ट्रसंघको चेतावनी
-
तीन दिनदेखि सम्पर्कविहिन पाल्पाका दुई युवा मृत फेला, रूपन्देहीकाे खोलामा शव भेटियो
-
सर्वोच्च अदालतमा आगलागी
-
बैंकिङ प्रणालीबाट १८ अर्ब तान्दै राष्ट्र बैंक
-
एसीसी प्रिमियर कपमा नेपालको लगातार दोस्रो जित
-
कपिलवस्तुमा तिन छठ्ठी पर्व मनाइँदै






प्रतिक्रिया