

हालसम्म १५३८ जनाको कोरोनाका कारण मृत्यु


नेपालमा बुधबार थप १४९० जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।देशका विभिन्न स्थानमा गरिएको परिक्षणका क्रममा १४९० जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिए । उनका अनुसार काठमाडौं उपत्यकामा थप ७२३ संक्रमित भेटिएका छन् जसअनुसार भक्तपुरमा ५८, ललितपुरमा ६१ र काठमाडौंमा ५३१ संक्रमित फेला परेका हुन् ।
यो संगै नेपालमा कोरोना संक्रमितको सख्या २ लाख ३६ हजार २४६ पुगेको छ । त्यस्तै कोरोनाका कारण थप ९ जनाको ज्यान गएको छ भने हालसम्म १५३८ जनाको कोरोनाका कारण ज्यान गएको छ ।
त्यस्तै थप १५६७ जना संक्रमित निको भएका छन् भने हालसम्म २ लाख १८ हजार १६१ निको भएको प्रवक्ता गौतमले जानकारी दिए ।नेपालमा हाल सक्रिय संक्रमितको संख्या १६ हजार ५४७ छन् । ६०५ जना क्वारेन्टाइनमा छन् । हालसम्म १७ लाख ५४ हजार ६३० वटा पिसिआर गरिएको मन्त्रालयले जनाएको छ ।


खबर सबै
-
पृथ्वीको तापक्रम बढ्ने, जलवायु संकट थप गम्भीर हुने राष्ट्रसंघको चेतावनी
-
तीन दिनदेखि सम्पर्कविहिन पाल्पाका दुई युवा मृत फेला, रूपन्देहीकाे खोलामा शव भेटियो
-
सर्वोच्च अदालतमा आगलागी
-
बैंकिङ प्रणालीबाट १८ अर्ब तान्दै राष्ट्र बैंक
-
एसीसी प्रिमियर कपमा नेपालको लगातार दोस्रो जित
-
कपिलवस्तुमा तिन छठ्ठी पर्व मनाइँदै






प्रतिक्रिया