शैक्षिक धरोहर बौद्धाचार्यको निधन

शैक्षिक धरोहरका रुपमा रहेको कपिलवस्तु नगरपालिका वडा नम्बर १ चोकबजारका ९० वर्षीय तेजकुमार बौद्धाचार्यको निधन भएको छ । रुपन्दहेहीको भैरहवामा ठुला छोरा अरबिन्दको घरमा बौद्धाचार्यको सोमबार राति निधन भएको परिवारिक श्रोतले जनाएको छ ।

विभिन्न रोगबाट ग्रसित बौद्धाचार्यको भैरहवाका भीम अस्पतालमा एक महिना उपपचार पछि छोरा अरबिन्दको घरमा बस्दै आएका थिए । आफनो पुरा जीवन शिक्षा क्षेत्रमा बिताएका तेजकुमारलाई कपिलबस्तुमा नचिनिने शायदै कोही होला । ६५ बर्ष शिक्षण पेशामा बिताएका उनले कोभिड(१९को लक्ष्य डाउन अघि सम्म पढाउने गर्थे । शिक्षा क्षेत्रमा ठुलो योगदान भएकैले होला उनलाई सबैले मास्टर साहेव भनी सम्मानले सम्बोधन गर्ने गर्थे । बिक्रम सम्बत १९८८ मा तौलिहवा बजारमा उनको जन्म भएको थियो । अंग्रेज़ी, नेपाली समाज शास्त्रमा उनको बिशेष रुची थियो । उनी स्पष्ट बक्ता र निर्भिक थिए । नेपाली, नेवारी, अंग्रजी, उर्दु, अवधि र हिन्दी भाषाको ज्ञाता समते थिए ।

बिक्रम सम्बत २००८ सालमा तौलिहवा स्थित बुद्धपद्म माबिमा शिक्षण पेशा शुरु गरेका तेज कुमारले सो बिद्यालयमा ४२ बर्ष सेवा गरेका थिए । २०३८ साल देखि २०६७ साल सम्म कपिलवस्तु क्याम्पसमा पार्ट टाईम शिक्षण समेत गरेका थिए । भारतको उत्तर प्रदेश बोर्डबाट हाई स्कूल र नेपालको त्रिभुवन बिश्व बिद्यालयबाट बि।एड गरेका उनको अंगे्रजी बिषयमा बिशेष दखल थियो ।नेवार समुदायका तेजकुमारले आफनो मातृ भाषा मात्र होइन अबधी, नेपाली, हिन्दी, उर्दु फरर बोल्न र लेख्न जानेका थिए । अंगे्रजीमा पर्ल्स अफवाह पोइजि नामक किताब लेखेका उनले बिभिन्न पत्र पत्रिकामा फुटकर कबिता, लेख, हास्यव्यंग्य कृतिहहरु लेखेका थिए । ११ सन्तानका पिता बनेका उनका अझै ९ सन्तान जीवीतै छन् ।

जापान र भारत भ्रमण गरेका तेजकुमारले शिक्षा क्षेत्रमा उल्लेखनीय योगदान गरे बापत तीन पटक राष्ट्रिय शिक्षा पुरस्कार दीर्घ सेवाबाट सम्मानित भएका थिए । उनलाई जिल्लामा एउटा जिबित ईतिहासकारुपमा लिइने गरिएको थियो । बुद्धको उपदेश र शिक्षालाई आफनो मार्गदर्शक मानेका उनले जीवनलाई संघर्ष, कार्यशीलता, परोपकार, नैतिकता, सदचरित्रताको रुपमा लिएका थिए ।देशमा कुसंस्कार, प्रतिशोध, नैतिक शिक्षाको अभाव बढ्दै गएकोले नेपालको पाठ्यक्रममा शान्ति बिषय समावेश गर्नुपर्ने तेज कुमारले पटकपटक कुरा उठाएका थिए ।

प्रतिक्रिया

खबर सबै