
प्रधानमन्त्रीको राजिनामा माग्नु गुटगत मानसिकता हाे : मुख्यमन्त्री पाेख्रेल

मंसिर १६ काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाका स्थायी कमिटी सदस्य एवं लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले प्रधानमन्त्रीको राजीनामा माग्नु गुटगत मानसिकता भएको टिप्पणी गरेका छन् ।
पार्टीको सचिवालय बैठक बस्नु केही घण्टा अघि नेता पोखरेलले सामाजिक सञ्जालमा आफ्नो भनाइ राख्दै ‘पार्टीमा उत्पन्न समस्याका लागि कुनै एक अध्यक्षलाई मात्रै जिम्मेवार देखाएर राजिनामाको माग गर्नु पार्टी एकता विरोधी गुटगत मानसिकता’ भएको टिप्पणी गरेका हुन् ।अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली निकट पोखरेलले पार्टीमा उत्पन्न समस्या समाधानका लागि भदौ २६ को स्थायी कमिटी बैठकको निर्णय कार्यान्वयनमा फर्किनुपर्ने बताउँदै आएका छन् । उनले सचिवालयमा प्रस्तुत अध्यक्ष प्रचण्डको प्रस्ताव र अर्का अध्यक्ष ओलीको काउन्टर प्रस्ताव दुवै फिर्ता भै सहमतिको नयाँ प्रस्ताव आउनुपर्ने बताउँदै आएका छन् ।


खबर सबै
-
ट्याक्टर दुर्घटना हुँदा बालकको मृत्यु
-
टी-२० विश्वकपमा अब ‘सुपर १०’ को नयाँ संरचना, नेपाल भने सिधा ग्लोबल क्वालिफायरमा
-
बुटवलबाट ६ लाख २२ हजार नक्कली नेपाली रुपैयाँ र मेसिन सहित ६ जना पक्राउ
-
फिफा विश्वकप : अन्तिम चार टोली, कोभन्दा को कम ?
-
देशका अधिकांश भूभागमा वर्षाको सम्भावना
-
नारायणगढ–मुग्लिन सडकमा फेरि पहिरो, अर्को सूचना नभएसम्म सवारी सञ्चालन रोक
-
फिफा विश्वकप : अन्तिम चार टोली, कोभन्दा को कम ?
-
देशका अधिकांश भूभागमा वर्षाको सम्भावना
-
नारायणगढ–मुग्लिन सडकमा फेरि पहिरो, अर्को सूचना नभएसम्म सवारी सञ्चालन रोक
-
प्युठानमा ८० थान भरुवा बन्दुक बरामद
-
अमेरिकी बमबारीपछि खाडीस्थित अमेरिकी सैन्य आधारमा आक्रमण सुरु
-
विभिन्न स्थानमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह






प्रतिक्रिया