

प्रधानमन्त्रीको राजिनामा माग्नु गुटगत मानसिकता हाे : मुख्यमन्त्री पाेख्रेल



मंसिर १६ काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाका स्थायी कमिटी सदस्य एवं लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले प्रधानमन्त्रीको राजीनामा माग्नु गुटगत मानसिकता भएको टिप्पणी गरेका छन् ।
पार्टीको सचिवालय बैठक बस्नु केही घण्टा अघि नेता पोखरेलले सामाजिक सञ्जालमा आफ्नो भनाइ राख्दै ‘पार्टीमा उत्पन्न समस्याका लागि कुनै एक अध्यक्षलाई मात्रै जिम्मेवार देखाएर राजिनामाको माग गर्नु पार्टी एकता विरोधी गुटगत मानसिकता’ भएको टिप्पणी गरेका हुन् ।अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली निकट पोखरेलले पार्टीमा उत्पन्न समस्या समाधानका लागि भदौ २६ को स्थायी कमिटी बैठकको निर्णय कार्यान्वयनमा फर्किनुपर्ने बताउँदै आएका छन् । उनले सचिवालयमा प्रस्तुत अध्यक्ष प्रचण्डको प्रस्ताव र अर्का अध्यक्ष ओलीको काउन्टर प्रस्ताव दुवै फिर्ता भै सहमतिको नयाँ प्रस्ताव आउनुपर्ने बताउँदै आएका छन् ।


खबर सबै
-
डीडीसीमा १२ करोडभन्दा बढी हानि पुर्याएको आरोपमा तत्कालीन महाप्रबन्धकसहित आठ जना पक्राउ
-
एनपीएलमा आज लुम्बिनी र चितवन तथा विराटनगर र सुदूरपश्चिम खेल्ने, वर्षा वाधक बन्न सक्ने
-
धेरै ठाउँमा निरन्तर झरी, आज दिउँसोदेखि चक्रवातको प्रभाव कम हुने
-
बाणगंगा–९ का सामुदायिक वनमा ४ नाल भरुवा बन्दुक बरामद
-
उत्तराखण्डमा छ यात्रु बोकेको हेलिकोप्टर दुर्घटनाग्रस्त, खोजी तथा उद्धार जारी
-
गुल्मीमा ट्याक्टरको ठक्करबाट १२ वर्षीय बालकको मृत्यु
-
बाणगंगा–९ का सामुदायिक वनमा ४ नाल भरुवा बन्दुक बरामद
-
उत्तराखण्डमा छ यात्रु बोकेको हेलिकोप्टर दुर्घटनाग्रस्त, खोजी तथा उद्धार जारी
-
गुल्मीमा ट्याक्टरको ठक्करबाट १२ वर्षीय बालकको मृत्यु
-
एनपीएलमा चम्किँदै नेपाली खेलाडी, बने सबै खेलमा ‘म्याच विनर’
-
अर्नब अवशेष : अब ३० घण्टा सतर्क रहन आग्रह, भोलि बेलुकादेखि वर्षा रोकिने
-
प्रधानमन्त्री बालेन र मोदीले विशेष रेल सेवाको उद्घाटन गर्ने तयारी







प्रतिक्रिया