

कामचलाउ प्रधानमन्त्रीकाे ‘मन्त्रिपरिषद् विस्तार’विरुद्ध परेको रिटमाथि आज सुनुवाइ हुने



काठमाडौं, पुस १६
संसद विघटनपछि कामचलाउ प्रधानमन्त्रीले गरेको मन्त्रिपरिषद् विस्तार कार्यविरूद्ध सर्वोच्च अदालतमा परेको रिटमाथिको सुनुवाइ आज हुँदै छ । यही पुस १३ गते वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी, अधिवक्ता लोकेन्द्र ओली र अधिवक्ता केशरजंग केसीले दर्ता गराएकाे उक्त रिट यसअघि हेर्न नभ्याउने सूचीमा राखिएकाे थियाे ।
न्यायाधीश ईश्वरप्रसाद खतिवडाको एकल इजलासमा परेको सो पेसी बुधबार हेर्न नभ्याउने सूचीमा राखेकाे भए पनि अर्को पेसी आज (बिहीबार)का लागि तोकिएको हाे । रिटमा मन्त्रिपरिषद विस्तार अवैधानिक रहेकाे भन्दै खारेज गर्न माग गरिएकाे छ । अधिवक्ताहरू त्रिपाठी, ओली र केसीले प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय र राष्ट्रपति कार्यालयलाई विपक्षी बनाएर रिट दर्ता गरेका हुन् ।
रिट दायरकर्ताहरूले प्रतिनिधिसभा विघटन भइसकेपछि सरकार स्वतः ‘कामचलाउ’ भइसकेको र उक्त काम चलाउ सरकारले मन्त्रिपरिषद् विस्तार गर्नु संविधानको मर्मविपरीत रहेकाे भन्दै अदालतकाे साथ मागेका छन् । संविधानको धारा ७७ (१) को (ग)मा प्रतिनिधिसभा सदस्य नरहेको अवस्थामा प्रधानमन्त्री हुन नसक्ने व्यवस्था रहेकाे भन्दै उनीहरूले वर्तमान प्रधानमन्त्री कामचलाउ मात्र रहेकाे धारणा अघि सारेका छन् ।


खबर सबै
-
डीडीसीमा १२ करोडभन्दा बढी हानि पुर्याएको आरोपमा तत्कालीन महाप्रबन्धकसहित आठ जना पक्राउ
-
एनपीएलमा आज लुम्बिनी र चितवन तथा विराटनगर र सुदूरपश्चिम खेल्ने, वर्षा वाधक बन्न सक्ने
-
धेरै ठाउँमा निरन्तर झरी, आज दिउँसोदेखि चक्रवातको प्रभाव कम हुने
-
बाणगंगा–९ का सामुदायिक वनमा ४ नाल भरुवा बन्दुक बरामद
-
उत्तराखण्डमा छ यात्रु बोकेको हेलिकोप्टर दुर्घटनाग्रस्त, खोजी तथा उद्धार जारी
-
गुल्मीमा ट्याक्टरको ठक्करबाट १२ वर्षीय बालकको मृत्यु
-
बाणगंगा–९ का सामुदायिक वनमा ४ नाल भरुवा बन्दुक बरामद
-
उत्तराखण्डमा छ यात्रु बोकेको हेलिकोप्टर दुर्घटनाग्रस्त, खोजी तथा उद्धार जारी
-
गुल्मीमा ट्याक्टरको ठक्करबाट १२ वर्षीय बालकको मृत्यु
-
एनपीएलमा चम्किँदै नेपाली खेलाडी, बने सबै खेलमा ‘म्याच विनर’
-
अर्नब अवशेष : अब ३० घण्टा सतर्क रहन आग्रह, भोलि बेलुकादेखि वर्षा रोकिने
-
प्रधानमन्त्री बालेन र मोदीले विशेष रेल सेवाको उद्घाटन गर्ने तयारी







प्रतिक्रिया