

क्रोएशियामा ६.४ तीब्रताको भूकम्प, सातको मृत्यु


एजेन्सी, पुस १५
क्रोएशियामा मंगलबार ६.४ तीब्रताको भूकम्पका कारण भारी जनधनको क्षती भएको छ । भूकम्पमा परी कम्तीमा सात जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा १३ वर्षीया किशोरी पनि छिन् । यसबाहेक थुप्रै घाइते भएका छन् ।
क्रोएशियाको सरकारी टिभी रिपोर्टका अनुसार मृत्यु हुने १२ वर्षीया पेट्रिनिजा इलाकाकी हुन् । यस्तै ग्लीना इलाकाका चारजनाको मृत्यु भएको पुष्टि भएको छ ।
पेट्रिनिजा इलाकाका मेयरले लगभग आधा इलाका बर्बाद भइसकेको र मानिसहरुलाई भग्नावशेषबाट निकालिने कार्य सुरु भएको जानकारी दिए ।
भुकम्पको झट्का बोस्निया, सर्बिया र इटलीमा पनि महसुस गरिएको थियो ।
क्रोएशिया मिडियाले दिएको जानकारी अनुसार एक महिलालाई पेट्रिनिजाको टाउन हलको भग्नावशेषबाट जिउँदै उद्दार गरिएको छ ।
स्थानीय च्यानल एनवानसँगको कुराकानीमा पेट्रिनिजाका मेयर डारिङ्को ड्युमबोविकले भने, ‘मानिसहरुलाई कारबाट बाहिर निकालिँदै छ । हामी हाल उनीहरु मृत हुन् वा गम्भीर रुपमा घाइते हुन् भनेर बताउन सक्दैनौं ।’


खबर सबै
-
भर्तापुरमा विद्यालयस्तरीय ‘वक्तृत्वकला’ र ‘चित्रकला’ प्रतियोगिता सम्पन्न
-
एमाले उपाध्यक्ष विष्णु पौडेल पक्राउ
-
अन्तर्राष्ट्रिय योग दिवसः जस्मिन बड्स स्कुलमा योगाभ्यास
-
बर्दियामा लागूऔषध ब्राउन सुगरसहित दुईजना पक्राउ
-
गुनासा सुन्न गृह मन्त्रालयले सुरू गर्यो कल सेन्टर
-
यात्रुवाहक बस र ट्रक ठोक्किदा एक जनाको मृत्यु









प्रतिक्रिया