

म मर्छु तर उहाँहरुको आकांक्षा पुरा हुन दिन्नँ : ओली



काठमाडौं, पुस १५
नेपाल कम्युनिस्ट पार्टी (नेकपा ओली पक्ष) का अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीलाई एकढिक्का राख्न अनेकौँ त्याग गर्दा पनि अर्को पक्षले जालझेल मात्र गरेर पार्टीलाई फुटसम्मको अवस्थामा ल्याएको आरोप लगाएका छन् ।
उनले एकता गर्नका लागि पूर्वमाओवादी पक्षलाइ ४० प्रतिशत हिस्सा दिएको स्मरण गर्दै अहिले सोही प्रतिशतलाई बहुमतको खेलमा प्रयोग भएकोमा दुःख व्यक्त गरे । ओलीले भने, ‘पार्टी एकता गर्दा एमालेमा माधव नेपाल गुट थियो, त्यसमा प्रचण्ड गुट पनि थपिन्छ भन्ने मलाई थाहा थियो । तर एकताका लागि मैले ४० प्रतिशत दिएँ । तर, वहाँले त्यो शक्ति बहुमतको खेलमा लगेर केन्द्रित गर्नुभयो जसले गर्दा पार्टी यो स्थितिमा पुग्यो ।’
‘मैले मित्रताले अँगालो हाले वहाँले ध्रीतराष्टले जसरी हाल्नुभयो,’ ओलीले भने, ‘शुरुदेखि वहाँको ध्यान पार्टी कब्जा गर्ने र हत्याउनेमा नै रहेछ ।’
आफूले पटक–पटक सम्झाउने प्रयास गरे पनि प्रचण्डले जालझेल र तिकडम गरिराखेको उनको आरोप थियो । ‘तीन वर्षमा मेरो धेरे साबुन, स्याम्पु र ट्याङ्करको पानी सकियो । वहाँहरु सुध्रिनु भएन ।’
अध्यक्षले आफू मरे पनि प्रचण्ड–माधव नेपालको आकांक्षा पूरा हुन नदिने उद्घोष गरे । उनले संसद पुनर्स्थापनाको सम्भावना पनि नरहेको जिकिर गरे । उनले भने, ‘म मर्छु तर उहाँहरुको आकांक्षा पुरा हुन दिँदिन । चुनाब हुँदैन भन्नुहुन्छ तर अबको चुनावमा पत्तासाफ हुनुहुन्छ । अब चुनावको तयारी गर्नुस् ।’ उनले प्रचण्ड माधव पक्षलाई पनि चुनावको तयारीमा लाग्न सुझाव दिए । ‘चुनावको तयारीमा लाग्नुहोस्, माइतीघरको चिसो भुइँमा बसेर रमिता नदेखाउनुहोस्,’ ओलीको सुझाव थियो ।
प्रचण्ड–ओलीले पक्षले आफूसँग बहुमत भएको दाबी गरे पनि उनीहरुको बहुमत नभएको ओलीको भनाइ थियो । त्यस्तै, माधब नेपाल प्रचण्डको कार्यकर्ता मात्र भएको जिकिर गरे ।
उनले ताजा जनादेश लिन जनता कहाँ जाँदा कसरी लोकतन्त्र धरापमा पर्छ भनेर प्रश्न समेत गरे । उनले आफू नभएको भए नाकाबन्दीको सामना कसैले गर्न नसक्ने दाबी गरे ।


खबर सबै
-
यूएईलाई हराउँदै नेपाल प्रिमियर कप च्याम्पियन, एसिया कपमा छनोट
-
कांग्रेसले सातै प्रदेशमा तोक्यो निर्वाचन संयोजक, लुम्बिनीमा कसले पाए जिम्मेवारी ?
-
भैरहवास्थित क्यासिनोमा प्रहरीको छापा, ६ जना पक्राउ
-
महालेखाले थाल्यो ४४ जिल्लाबाट पहिलो चरणको स्थलगत लेखापरीक्षण
-
कृषकको खेती जोगाउने प्रयास : बाँदर धपाउन हेरालु, बँदेल रोक्न काँडेतार
-
एनपीएल च्याम्पियन टोली ‘लुम्बिनी लायन्स’को हस्पिटालिटी पार्टनरमा ‘भिभान्ता’
-
महालेखाले थाल्यो ४४ जिल्लाबाट पहिलो चरणको स्थलगत लेखापरीक्षण
-
कृषकको खेती जोगाउने प्रयास : बाँदर धपाउन हेरालु, बँदेल रोक्न काँडेतार
-
एनपीएल च्याम्पियन टोली ‘लुम्बिनी लायन्स’को हस्पिटालिटी पार्टनरमा ‘भिभान्ता’
-
गुल्मीमा महिला मृत फेला, करेन्ट लागेको आशंका
-
सल्यानमा बोलेरो जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु, चार घाइते
-
लुम्बिनी प्रदेशमा भदाै २९ गते सार्वजनिक बिदा






प्रतिक्रिया