

प्रचण्डलाई धुँदाधुँदा साबुन र ट्यांकीका ट्यांकी पानी सकियो: प्रधानमन्त्री



काठमाडौं, पुस १५
प्रधानमन्त्री केपी शर्मा ओलीले पुष्पकमल दाहाल प्रचण्डलाई षड्यन्त्रकारी प्रवृत्ति छोड्न भने पनि नमानेको बताएका छन्। प्रचण्डको ध्यान सत्ता कब्जा गर्नेमा मात्रै केन्द्रीत रहेको ओलीले बताए।
काठमाडौंमा सुदूरपश्चिमका कार्यकर्ताको भेलामा बुधबार सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले मित्रताको अंगालो हाले पनि प्रचण्डले धृतराष्ट्रजस्तो अंगालो हालेको बताए।
‘मैले मित्रताको अंगालोे हाल्न खोज्ने तर उहाँ धृतराष्ट्र बन्न खोज्ने,’ राजधानीमा आयोजित आफू पक्षीय सुदूरपश्चिम प्रदेशको भेलालाई सम्बोधन गर्दै ओलीले भने, ‘वामपन्थीसँग मिलेर चुनाव लड्ने तर सरकार दक्षणिपन्थीसँग बनाउन खोज्ने। लाज लाग्नु पर्ने होइन ?’
ओलीले प्रचण्डलाई सम्झाएको पनि बताए।
‘षड्यन्त्रकारी प्रवृत्ति छोड्नुस् भनेर मैले उहाँलाई सम्झाएँ। राजनीति धोका मात्र होइन इमान्दारिताका साथ जनताका सेवा गर्नू हो भनेँ,’ उनले भने, ‘तीन वर्षमा डल्लाका डल्ला साबुन खर्च भयो। ट्यांकीका ट्यांकी पानी खर्च भयो। साबुन लगायो पखाल्यो उहाँ जस्ताको त्यस्तै।’
आफूले पार्टी एकता गर्दा माधव नेपाल र प्रचण्ड मिल्दा बहुमत पुग्छ भन्ने थाहा हुँदाहुँदै एकता गरेको उनले बताए।
सरकारका कामकारवाहीमा प्रचण्डले सहयोग नगरेको उनको भनाइ छ। आजित भएर आफूले संवैधानिक परिषद अध्यादेश ल्याएको ओलीको जिकीर छ।
ओलीले छोरी जिताउन प्रचण्डले मतपत्र च्यातेर प्रजातन्त्र धुजा–धुजा पारेको टिप्पणी गरे। ‘छोरी जिताउन नसकेपछि मत पत्र च्यातेर प्रजातन्त्र धुजा–जुधा बनाउनु भयो,’ उनले भने, ‘छोरी जिताउनकै लागि कांग्रेसँग मिल्नु भयो तर खासै उपलब्धी भएन ।


खबर सबै
-
यूएईलाई हराउँदै नेपाल प्रिमियर कप च्याम्पियन, एसिया कपमा छनोट
-
कांग्रेसले सातै प्रदेशमा तोक्यो निर्वाचन संयोजक, लुम्बिनीमा कसले पाए जिम्मेवारी ?
-
भैरहवास्थित क्यासिनोमा प्रहरीको छापा, ६ जना पक्राउ
-
महालेखाले थाल्यो ४४ जिल्लाबाट पहिलो चरणको स्थलगत लेखापरीक्षण
-
कृषकको खेती जोगाउने प्रयास : बाँदर धपाउन हेरालु, बँदेल रोक्न काँडेतार
-
एनपीएल च्याम्पियन टोली ‘लुम्बिनी लायन्स’को हस्पिटालिटी पार्टनरमा ‘भिभान्ता’
-
महालेखाले थाल्यो ४४ जिल्लाबाट पहिलो चरणको स्थलगत लेखापरीक्षण
-
कृषकको खेती जोगाउने प्रयास : बाँदर धपाउन हेरालु, बँदेल रोक्न काँडेतार
-
एनपीएल च्याम्पियन टोली ‘लुम्बिनी लायन्स’को हस्पिटालिटी पार्टनरमा ‘भिभान्ता’
-
गुल्मीमा महिला मृत फेला, करेन्ट लागेको आशंका
-
सल्यानमा बोलेरो जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु, चार घाइते
-
लुम्बिनी प्रदेशमा भदाै २९ गते सार्वजनिक बिदा






प्रतिक्रिया