कुलमान घिसिङ लुम्बिनीमा , युनिभर्सल पिस केन्द्र निर्माणमा ऐक्यबद्धता

पुस १५ल रुपन्देही ।
नेपाल विद्युत प्राधिकरणका निवर्तमान कार्यकारी निर्देशक कुलमान घिसिङ बुद्धको जन्मस्थल लुम्बिनीमा ‘महासिद्ध सेन्चुरी फर युनिभर्सल पिस’ केन्द्र निर्माण अभियानमा ऐक्यबद्धता जनाएका छन् ।

लुम्बिनीमा बुधबार भएको कार्यक्रममा घिसिङले केन्द्रका परिकल्पनाकार श्यालपा तेन्जिङ रिन्पोचेलाई एक रुपैयाँ दान दिएर अभियानमा ऐक्यवद्धता जनाएका हुन् ।

लागि महत्त्वपूर्ण भएकाले निर्माणमा अपनत्व लिएर आ–आफ्नो क्षेत्रबाट सहयोग गर्न आग्रह गरेका छन् । नेपालमा एक रुपैयाँ र अन्यत्र एक अमेरिकी डलर दान अभियान चलाएर केन्द्रका संरचना निर्माण गर्न सुरु गरिएको छ । अभियान गत कात्तिकमा सुरु गरिएको थियो । कार्यक्रममा रिन्पोचेले सबैको सहभागिता र अपनत्व हुने गरी अभियानमार्फत केन्द्रको स्थापना गरेर लुम्बिनीलाई विश्व शान्तिको मुहान बनाउन लागिएको बताए ।

युनिभर्सल पिस केन्द्रमा दुई हजार बढी क्षमताको अन्तराष्ट्रियस्तरको सभाकक्ष, शान्ति वार्ता र ध्यान कक्ष, पुस्तकालय र संग्रहालय हुने छन् । विभिन्न मुलुकका सोधकर्ताहरु रहने खोज अनुसन्धान केन्द्र रहने छ ।

विश्वभरका शान्तिप्रेमी बौद्ध धर्मावलम्बी लगायत अन्य धर्म र संस्कृतिसँग सम्बन्धित साधकहरुले समेत साधना गर्ने स्थलको रुपमा दुई वर्ष अघिबाट गुम्बाको निर्माण सुरु गरिएको हो । लुम्बिनीमा निर्माण गरिएको कोरियन गुम्बाको पछाडि यो केन्द्र निर्माण भइरहेको छ ।

प्रतिक्रिया

खबर सबै