

संसद विघटनको विरोधमा प्रचण्ड – माधव समुहले कपिलवस्तुमा गरे विरोध प्रदर्शन




धनी राम कोरी, १४ पुष
नेपाल कम्नीष्ट पार्टी (नेकपा) कपिलवस्तु प्रचण्ड–माधव समुहले आज मंगलबार जिल्ला को सदरमुकाम तौलिहवा मा संसद विघटनको विरोधमा प्रदर्शन गरेको छ ।
विरोध कार्यक्रम केपी तेरो पाराले दुख पाए साराले, तानाशाही प्रवृत्ति बन्द गर, महान शहीदहरु लाल सलाम, असंवैधानिक अलोकतान्त्रिक निरंकुश संसद विघटन विरुद्ध संघर्ष गरौ, जनताको जनमतलाई अपमान गर्न पाइदैन तथा प्रतिगमन विरुद्ध संघर्ष गरौ जस्ता नाराहरु सहित प्लेकार्डहरु प्रदर्शन गरेर विरोध गरेको थिए ।
विरोध कार्यक्रममा प्रदेश सांसद विष्णु पन्थीले सम्बोधन गर्दै ३ बर्ष पहिले नेकपालाई जनताहरुले बहुमत दिएका थिए किनभने नेपालमा विकास हुन्छ , रोजगारी को अवसर मिल्छ , गरिब कम हुन्छ , आम जनताहरु को समस्या समाधान हुन्छ भनेर मत दिएकोमा प्रधानमन्त्री केपी शर्मा ओलीले जनता को मतलाई विश्वासघात गर्नुभयो र प्रधानमन्त्रीले आफ्नो लहरमा संसद विघटन गरेको आरोप लगाएका थिए ।
यस्तै सभामा सम्बोधन गर्दै नेकपाका प्रदेश सचिव जग प्रसाद शर्मा ‘अपार’ले ओली सरकार तानाशाही प्रवृत्तीको दिशामा अगाडि बढेको भन्दै यसको विरुद्धमा आन्दोलन गरिएको बताउनुभयो । ओली सरकारले संविधान विपरित काम गरेर नेपाली जनतामाझ गम्भीर घात गरेको भन्दै अब सडक संघर्षबाट त्यसलाई पराजय गर्ने विश्वास व्यक्त गर्नुभयो ।
कार्यक्रममा नेकपा केन्द्रिय सदस्य गिरीधारलाल न्यौपाने, , पार्टी जिल्ला सचिव रामचन्द्र शाह ‘विष्णु’ लगायतले सम्बोधन गर्नुभएको थियो ।
बुद्ध पद्म माध्यमिक विद्यालय को खेल मैदानबाट निस्किएको र्याली सहित नाराबाजीको जुलुस नयाँ टोल हुँदै गौडी चोक हुदै परिक्रममा गरेर जिल्ला प्रशासन कार्यालय अगाडीको आएर कोणसभामा परिणत भएको थियो ।


खबर सबै
-
कपिलवस्तुका ‘कुमारको क्यामेराले’ जित्यो ‘राष्ट्रिय अवार्ड’
-
कपिलवस्तुमा ७ हजार बढी किशोरीलाई एचपीभी खोप लगाइने
-
रसुवा बाढी : एक हजार बढी शवको सुरक्षित व्यवस्थापन
-
करेन्ट लगाएर माछा मार्ने क्रममा युवकको मृत्यु
-
अपर त्रिशूली १ को सुरुङबाट ११ दिनपछि विदेशी नागरिकको जीवितै
-
जसपाको कारबाहीले लुम्बिनी सरकार संकटमा, मुख्यमन्त्रीलाई फेरि विश्वासको मतको दबाब
-
करेन्ट लगाएर माछा मार्ने क्रममा युवकको मृत्यु
-
अपर त्रिशूली १ को सुरुङबाट ११ दिनपछि विदेशी नागरिकको जीवितै
-
जसपाको कारबाहीले लुम्बिनी सरकार संकटमा, मुख्यमन्त्रीलाई फेरि विश्वासको मतको दबाब
-
कपिलवस्तुमा अटोको ठक्करबाट तीन वर्षीय बालकको मृत्यु
-
भोटेकोशी बाढीमा लुम्बिनीका २४५ जना सम्पर्कविहीन, कुन जिल्लाका कति ? (नामावलीसहित)
-
दाङमा रहेको चमेरे गुफा सुनसान






प्रतिक्रिया