मास्टर मित्रसेनको १२४ औँ स्मृति दिवस कपिलधाम साहित्य चौतारिमा मनाइयो

पुष १४ कपिलवस्तु ।
बहुप्रतिभाका धनी मास्टर मित्रसेनको १२४ औँ स्मृति दिवस आज कपिलवस्त्ुको कपिलधाम स्थित साहित्य चौतारीमा एक कार्यक्रमका साथ मनाइएको छ ।

नेपाली राष्ट्रिय पोशाक दौरा सुरुवालको प्रचारप्रसारमा समेत मुख्य भुमिका खेलका मित्रसेन नेपाली साहित्यकार, कवि, गितकार तथा गायको रुपमा परिचित रहेका छन् । मस्टर मित्रसेन स्मृति प्रष्ठान कपिलवस्तुले हरेक वर्ष उनको सम्झनामा स्मृति दिवस मनाउने गरेको छ । सोही अनुसार आज उनको सम्झना स्वरुप कपिलआरोग्य मन्दिर कपिलधाम स्थित साहित्य चौतारी कपिलधाममा मित्रसेनको सम्झना गरिएको प्रतिष्ठानका सचिव तिलक मिलन बुढामगरले बताउनुभयो ।

कार्यक्रममा प्रतिष्ठानका जिल्ला अध्यक्ष क्याप्टेन टोबबहादुर थापाको अध्यक्षता रहेको थियो भने लुम्बिनी वाङ्मय सहित्यिक प्रतिष्ठानका लुम्बिनी प्रदेश अध्यक्ष हिमलाल ज्ञावालीको प्रमूख आतिथ्यता रहेको थियो । प्रतिष्ठानका उपाध्यक्ष दुर्गा झेडी थापा मगरको स्वागत र तिलक मिलन बुढामगरको संचालनमा कार्यक्रम सम्पन्न भएको हो ।
कार्यक्रममा बरिष्ठ साहित्यकार हरिराज शर्माको विशिष्ठ अतिथ्यता सहित कपिलधामका अध्यक्ष शंकरप्रसाद आचार्य लगाएतले कार्यक्रमलाई सम्बोधन गर्दै बहुप्रतिभाशाली मास्टर मित्रसेन र उहाँको जिवनीबरे प्रकाश पर्नुभएको थियो ।

मित्रसेन गितकारको रुपमा बढी परिचित हुनुहुन्थ्यो । ई.सं. १८९५ सालमा भारतको हिमाञ्चल प्रदेशको धाराखोला गाउँमा जन्मनुभएको उहाँ सन १९३४ देखि आजिवन नेपाली पहिरन लगाएर नेपाली भेषभुषाको प्रचारप्रसारमा लाग्नुभएको थियो । यसका अलावा कवि, तथा गायकार र गितकाका रुपमा पनि उहाँको नाम नेपाली साहित्य क्षेत्रमा परिचित बन्न पुगेको छ ।

प्रतिक्रिया

खबर सबै